

महेन्द्रनगर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेल सुदूरपश्चिम विश्वविद्याल आएका छन् । मन्त्री भएपछि पहिलो पटक उनी विश्वविद्यालय पुगेका छन् । उनले विश्वविद्यालय केन्द्रीय कार्यालयमा विश्वविद्यालय पदाधिकारी, प्राध्यापक र कर्मचारीसित छलफल गरेका छन् ।
मन्त्री पोखरेल विश्वविद्यालयका सह कुलपति हुन् । मन्त्री पोखरेलसित भौतिक पूर्वाधार विस्तार, शैक्षिक गुणस्तर अभिवृद्धि र अनुसन्धान प्रवद्र्धनका लागि आवश्यक सहयोगका विषयमा पनि छलफल गरिएको छ ।

मन्त्री पोख्रेलले विश्वविद्यालयको शैक्षिक गतिविधि तथा पूर्वाधार विकासबारे जानकारी लिँदै आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. बिनोद लेखकले स्वागत कार्यक्रममा मन्तव्य व्यक्त राख्नै मन्त्री पोखरेलको आवगमनले विश्वविद्यालयको शैक्षिक तथा संस्थागत विकासमा थप ऊर्जा थपिने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयका डनि प्रा. किशन दत्त भट्टले विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न गरिरहेका प्रयासहरूबारे मन्त्री पोखरेललाई जानकारी गराए ।
सुदूरपश्चिम विश्वविद्यालयले यसलाई मन्त्री पोखरेलको औपचारिक भ्रमण भनको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेम राज पन्त सहित पदाधिकारीले मन्त्री पोखरेललाई फूललामा र खादा लगाएर स्वागत गरेका छन् ।
विश्वविद्यालयका पदाधिकारीहरूले मन्त्रीसमक्ष संस्थाको वर्तमान अवस्था, चुनौती तथा भविष्यका योजनाबारे जानकारी गराए ।
विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारी सहभागी कार्यक्रमको सञ्चालन नबीन बहादुर बमले गरेका थिए ।

