ghar sansar

केपीले कानेखुसी गरेपछि टिकापुर हिँडे मन्त्री पोखरेल

little buddha academy
khasi

महेन्द्रनगर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेल सुदूरपश्चिम विश्वविद्याल पुगेर फर्किएका छन् । विश्वविद्यालय केन्द्रीय कार्यालयमा विश्वविद्यालय पदाधिकारी, प्राध्यापक र कर्मचारीसित भौतिक पूर्वाधार विस्तार, शैक्षिक गुणस्तर अभिवृद्धि र अनुसन्धान प्रवद्र्धनका लागि आवश्यक सहयोग सम्बन्धि छलफल गरेका छन् ।

मन्त्री पोखरेलले विश्वविद्यालयको शैक्षिक गतिविधि तथा पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता गरे ।

,orning glory badhai

विश्वविद्यालयमा कार्यक्रमपछि उनी फर्किएका छन् । कैलालीको गेटामा बुधबार हुने सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेटमा मन्त्री पोखरेल सहभागी हुन लागेका छन् ।

सिनेटको अघिल्लो दिन आएका उनी मंगलबार कैलालीमा फाप्ला क्रिकेट मैदान निरीक्षणपछि महेन्द्रनगर आएर विश्वविद्यालय केन्द्रीय कार्यालय पुगेका हुन् ।

विश्वविद्यालयका उप कुलपति प्रा.डा. हेमराज पन्त सहित पदाधिकारीले मन्त्री पोखरेललाई स्वागत गरे ।

मन्त्री पोखरेलको विश्वद्यिालयपछि दोधारा चाँदनी सुख्खा बन्दरगाह र शिक्षा विकास तथा समन्वय इकाई कार्यालय अवलोकन गर्ने कार्यक्रम थियो ।

मन्त्री पोखरेल कार्यालय निरीक्षणमा आउने भएपछि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मण गिरी आफैं विश्व विद्यालय केन्द्रीय कार्यालय पुगेका हुन् । मन्त्री नआएपछि गिरी लगायत कर्मचारी कार्यालय फर्किएका छन् ।

सुख्खा बन्दरगाह निर्माण स्थल र शिक्षा समन्वय इकाई अवलोकनको पूर्व निर्धारित कार्यक्रम छाडेर मन्त्री पोखेरल विश्वविद्यालय केन्द्रीय कार्यालयबाट कैलालीको टिकापुर हिँडेका छन् ।

dirghayi clinic

मन्त्री पोखरेलसंगै कैलाली २ का साँसद केपी खनाल कार्यक्रममा सहभागी थिए । विश्वविद्यालय कार्यक्रममा साँसद खनालले केही समय मन्त्री पोखेरेलसित कानेखुसी गरेका थिए ।

मन्त्रीसित साँसदले कानेखुसी गरेको केही समयपछि उनी टिकापुर प्रस्थान गरेका हुन् ।

‘त्यो अघिसम्म त सुख्खा बन्दरगाह र शिक्षा समन्वय इकाई जाने कुरा थियो, केपी खनाल साँसदज्यूले कानेखुसी गरेपछि वहाँ टिकापुर लाग्नु भयो’ कार्यक्रममा सहभागीहरुले भने ।

मन्त्री खनाल टिकापुर जानु पर्ने कारण बाहिर आएको छैन । टिकापुर साँसद खनालको निर्वाचन क्षेत्र नजिकको पर्यटकीय क्षेत्र हो ।

विश्वविद्यालय कार्यक्रममा रजिस्ट्रार प्रा.डा. बिनोद लेखकले स्वागत कार्यक्रममा मन्तव्य व्यक्त राख्नै मन्त्री पोखरेलको आवगमनले विश्वविद्यालयको शैक्षिक तथा संस्थागत विकासमा थप ऊर्जा थपिने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयका डनि प्रा. किशन दत्त भट्टले विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न गरिरहेका प्रयासहरूबारे मन्त्री पोखरेललाई जानकारी गराए ।

सुदूरपश्चिम विश्वविद्यालयले यसलाई मन्त्री पोखरेलको औपचारिक भ्रमण भनको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेम राज पन्त सहित पदाधिकारीले मन्त्री पोखरेललाई फूललामा र खादा लगाएर स्वागत गरेका छन् ।

विश्वविद्यालयका पदाधिकारीहरूले मन्त्रीसमक्ष संस्थाको वर्तमान अवस्था, चुनौती तथा भविष्यका योजनाबारे जानकारी गराए ।

विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा कर्मचारी सहभागी कार्यक्रमको सञ्चालन नबीन बहादुर बमले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...