ghar sansar

बेलौरीमा तस्करीको तोरी बरामद, कैलाली भन्सार पठाइयो

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल ल्याईएको ४० क्विन्टल तोरी बरामद गरेको छ ।

dirghayi clinic

मङ्गलबार दिउँसो बेलौरी नगरपालिका १ फटियाबाट सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म बेलौरीका सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतको कमाण्डमा खटिएको टोलीले ४० क्विन्टल तोरी बरामद गरेको हो ।

,orning glory badhai

सशस्त्र प्रहरीका अनुसार तोरी फटैया स्थित सिमा ईलाकामा अवैध रुपमा नेपाल भित्र्याइ वेवारिसे अवस्थामा फेला परेको थियो ।

६ लाख रुपैयाँ बराबरको तोरी बरामद गरी आवश्यक कार्वाहीको लागि कैलाली भन्सार कार्यालय पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...