
संसद बैठकमा बोल्दै कञ्चनपुर ३ का साँसद महताले भने– भारतसित अधिकाँश स्थान सीमा विवाद छ, त्यसैले जनता सुरक्षित हुन सकेको छैन

महेन्द्रनगर । कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिह महताले भारतसितको सीमा विवादका कारण जनताले सुरक्षित हुन नसकेको धारणा राखेका छन् ।

प्रतिनिधिको सभाको बुधबारको बैठकमा बोल्दै बैठकमा बोल्दै साँसद महताले कञ्चनपुरको सीमा क्षेत्र भारतसित जोडिएको र अधिकाँश स्थानमा विवाद भएको सँसदलाई जानकारी गराएका हुन् ।

सँसद बैठकमा पहिलो बैठक बोल्दै महताले सीमा क्षेत्र विवादलाई संसदमा उठाएका हुन् । सीमा विवादका कारण नागरिक सुरक्षित हुन नसकेको साँसद महताको धारणा थियो ।
