ghar sansar

सटर तोडेर चोरी गरिएको रकम अशुल गरी फिर्ताका लागि पहल गरि दिन माग गर्दै मदनचोक क्षेत्रका व्यवसायीले गुहारे बाणिज्य संघ

little buddha academy
khasi

महेन्द्रनगर । मदन चोक क्षेत्रका व्यवसायीहरुले पसलबाट चोरिएको रकम फिर्ताका लागि पहल गरि दिन कञ्चनपुर उद्योग बाणिज्य संघलाई गुहारेका छन् ।

आइतबार राति आधा दर्जन पसलमा सटर तोडेर चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालयले चोरीपछि घट्नास्थल मुचुल्का बनाएर सोधपुछका लागि दुई जनालाई पक्राउ गरेको थियो ।

,orning glory badhai
dirghayi clinic

व्यवसायीहरुले संघलाई मागपत्र बुझाएर चोर िगरिएको रकम अशुल गरी सम्बन्धित व्यवसायीलाई उपलब्ध गराई दिन आग्रह गरेका छन् ।

संघका महासचिव राहुल भट्टलाई मागपत्र बुझाइएको छ । मागपत्र बुझाउन संघका सदस्य सरिता भण्डारी समेत सहभागी भइन् । उनी मदन चोक क्षेत्रका व्यवसायी हुन् ।

मागपत्रमा व्यवसायीले मुख्य बजार क्षेत्रमा चोरीको घट्नाले व्यवसायी सुरक्षित नभएको गुनासो गरेका छन् । उनीहरुले व्यवसायलाई शान्त र सुरक्षित बनाउनका लागि सम्बन्धित निकायसित पहल गरि दिन पनि संघसित आग्रह गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...