ghar sansar

३२ वर्षमै तीन कम्पनीका मालिक बनेका बेलौरीका जयदेब कलौनी

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिका ६ प्रेम नगरका जयदेब कलौनी उच्च शिक्षा अध्ययनका लागि २०६९ संघीय राजधानी काठमाडौं हिंडे । इन्टरपछि २०७२ मा बेचलर र तीन वर्षपछि मेघा कलेजबाट मास्टर(एमबीएस) अध्ययन पूरा गरे ।

अध्ययनसंगै कलौनीले एनसेल कल सेन्टरमा काम गरे । काठमाडौंमा पहिलो पटक एक वर्ष काम गरे । कल सेन्टरबाट काम छाडेपछि उनी आफ्नै कम्पनी चलाएर अरुलाई काम दिन थाले ।

Anant bahu travels

कलौनी अहिले ३२ वर्षका छन् । उनको निको ग्रुफ अफ कम्पनीबाट २४ जना कर्मचारी छन् । अहिले उनी कम्पनीका शाखालाई देशभर पुगाउन लागेका छन् ।

डिग्री पढ्ने बेलामा कलौनीलाई कम्पनी खोलेर व्यवसाय गर्ने सोच आएको हो । काठमाडौ अध्ययन गर्न जाँदा उनी शिक्षक बन्न चाहन्थे । उनका बुवा धनराज कलौनी शिक्षक थिए । बुवाका कारण उनको शिक्षक बन्ने चाहना थियो । । कलौनी परिवार बैतडीको शर्मालीबाट बेलौरी आएको हो । बुवाको केही वर्ष अघि निधन भएको थियो । 

काठमाडौ पुगेपछि कलेजका साथी सहकर्मीको संगतले उनी जागिर गर्ने सोच छाडेर व्यवसाय सञ्चालन गरी अघि बढेका हुन् । व्यवसाय गरी अरुलाई पनि रोजगार दिन सकिन्छ भन्ने उनीहरुको साझा धारणा हुन्थ्यो । 

‘बुवा शिक्षक हुनु हुन्थ्यो, त्यस कारण थोर बहुत चाहना बुवाको पेशाको थियो, पछि काठमाडौं आएपछि साथी सर्कलले व्यवसायतिर लागे’ कलौनीले भने, ‘मास्टर्स पढ्दापढ्दै कम्पनी खोलेर व्यवसायमा लागि सकेको थिए ।’

कलौनीले निको ग्रफ अफ कम्पनीको जग निको जबबाट सुरु गरेका हुन् । त्यसपछि कम्पनी थपेर अहिले तीन कम्पनी पुगेका छन् ।

निको जब सन् २०१९ मा खोलिएको हो । यो कम्पनीले युरोप र अमेरिकामा सफ्टवेयर इन्जिनियर जागिरका लागि पठाउने काम गर्छ । हालसम्म एक हजार बढी इन्जिनियर कम्पनीबाट विदेश पुगेका छन् ।

‘रोजगारका लागि विदेश जाने युवालाई लक्षित गरी कम्पनी खोलेको हौ’ उनले भने,‘हामी सफ्टवेयर इन्जिनियरलाई मात्रै युरोप र अमेरिका मात्रै रोजगारका लागि पठाउँछौ ।’

निको जबपछि जुत्ता कारोबारका लागि निको सुज कम्पनी खोले । यो कम्पनी २०२३ मा खोलियो । निको सुज ब्राण्डका जुत्ता देशभर पुगाउने गरी कम्पनी खोलिएको थियो ।

dirghayi clinic

२०२३ मा खोलिएका कम्पनीका जुत्ता देशभर बिक्रीका लागि पुगेका छन् । कम्पनीले जुत्ता उत्पादन गरी देशभर व्यवसाय विस्तार गरेको कलौनी बताउँछन् ।

निको सुज खोलिएको ९ महिनापछि निको फायर कम्पनी सञ्चालन गरियो । कलौनीले सञ्चालन गरेको सबैभन्दा कान्छो कम्पनीका काठमाडौं सहित पोखरा, बारा, चितवन, दाङ्ग र धनगढीमा शाखा खुलेका छन् ।

तीन महिना माघमा धनगढी शाखा खोलिएको थियो । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले शाखा उद्घाटन गरेका थिए ।

धनगढीमा पाँचौ शाखा खोलिएको हो । शाखामा प्रमुख सहित ५ जना कार्यरत छन् । 

देशभर आगलागीका घट्नालाई मध्यनजर गरी निको फायर खोलिएको कलौनीले बताए ।

‘देशभर आगलागीको ठूलो समस्या छ, काठमाडौका होटेल अग्नि नियन्त्रक अनिवार्य नै छ’ कलौनीले भने,‘ फायर झन समस्या छ, यसलाई देशभर पुगाउँछौ, अहिले धनगढीमा खोलेका छौ, यससपछि इटहरी सहितका सरहमा पनि शाखा खोल्छौ ।’

धनगढीमा शाखा खोलिएपछि टिकटकर हरिश कार्की (ह्यारी ब्राण्ड एम्बासेडर नियुक्त गरिएका छन् । ‘जन्म भूमिमा कम्पनीको शाखा खोलेर सेवा दिन पाउँदा खुसी छु’ कलौनीले भने ।

घर परिवार, आफन्त र साथी भाईबाट ऋण सापट लिएर थालिएका तीन कम्पनी हालसम्म एक करोड लगानी भएको छ । ५० देखि ७० लाखसम्म खर्च गरी कम्पनी खोलिएका हुन् ।

अहिले तीन कम्पनीमा २३÷२४ जना कार्यरत छन् । उनका माइला भाई पनि व्यवसाय छन् । उनी व्यवसाय बाहेक क्याम्पसका विद्यार्थीका लागि एचआर कक्षा पनि सञ्चालन गर्छन् ।

देशमा बेरोजगारीको समस्यासंगै जनशक्तिको ठूलो अभाव भएको कलौनीले सुनाए । ‘बेरोजगारी छ, तर बजारमा जनशक्ति छैन’ उनले भने, ‘आधारभूत कुरा थाह नै छैन, रोजगारका लागि चाहिने जनशक्ति नहुँदा समस्या पनि छ ।’

अविवाहित कलौनी आगामी वर्ष विहे गर्ने बताउँछन् । कम्पनी खोलेर देशभर जोडिन पाएकोमा खुसी छन् कलौनी । ‘म खुसी छु, देशभर जोडिन पाएको छु, विहे भएको छैन, अब २०८३ मा पक्का हुन्छ’ उनले भने ।

 

Himal dental
सम्बन्धित
Loading...