
हिरासत मुक्त भएपछि कानुन र न्यायमा विश्वास गर्ने भन्दै पूर्व गृहमन्त्री लेखकले भने– राजनीतिक र कानुनी लडाई जारी रहन्छ

महेन्द्रनगर । सर्वोच्च अदालतको आदेशपछि हाजिरी जमानीमा छाडिएका पूर्व गृहमन्त्री रमेश लेखकले राजनीतिक र कानुनी लडाई जारी रहने बताएका छन् ।
भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठन गरिएको कार्की आयोगका प्रतिवेदनका आधारमा चैत १४ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री लेखकलाई पक्राउ गरिएको थियो ।


सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएपछि बिहीबार ओली र लेखक दुबैलाई हाजिरी जमानीमा छाडिएको हो ।
प्रहरी हिरासतबाट मुक्त भएपछि पूर्व गृहमन्त्री लेखकले सामाजिक सञ्जालबाट आफू कानुन पालना गर्ने र न्यायमा विश्वास गर्ने उल्लेख गर्दै कानुनी र राजनीतिक लडार्इँ जारी राख्ने बताएका हुन् ।
लेखकले रिहाईका लागि परमादेश दिने सर्वोच्च अदालत र कानुनी लडाईमा आफूलाई साथ दिने सबैमा आभार व्यक्त गरेका छन् ।

