

महेन्द्रनगर । लागु औषध खैरो हिरोइन सहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार जिल्लाका विभिन्न स्थानबाट उनीहरु पक्राउ गरिएका हुन् ।
बेदकोट नगरपालिका ७ भाँसीबाट सोही वडाका कैलालश कुमार जोशी र भीमदत्त नगरपालिका ६ का अशोक सुनारलाई पक्राउ गरेको छ ।


लागु औषध नियन्त्रण ब्युरो धनगढी कैलाली र अस्थायी प्रहरी पोष्ट भाँसीको टोलीले जोशीको घर कोठा छामा हानेर लागु औषध बरामद गरेको छ ।
उनीहरु कोठामा खैरो हेरोईन सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरलिे जानकारी दिएको छ । कोठाबाट २ दशमलव ५७ ग्राम खैरो हेरोईन बरामद गररिएको छ ।
दुबै जना पक्राउ गरी प्रहरीमा राखेर आवश्यक अनुसन्धान थालिएको छ । अस्थायी प्रहरी पोष्ट.गैलनदीको प्रहरी टोलीले भीमदत्त नगरपालिका ३ तिलकपुरबाट ५ दशमलव ४० ग्राम खैरो हिरोइन सहित रमेश दमाईलाई पक्राउ गरेको छ ।
