ghar sansar

म्याद सकिन अगावै भीमदत्तको शिक्षक दरबन्दी मिलान कार्यदलले बुझायो प्रतिवेदन

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धि कार्यका लागि गठन गरेको उच्च स्तरीय कार्यदलले सोमबार प्रतिवेदन बुझाएको छ ।

भीमदत्त नगरपालिकाले चैत ६ गते पूर्व जिल्ला शिक्षा अधिकारी देबीदत्त भट्टको संयोजकत्वमा अध्ययन कार्य दल गठन गरेको थियो । कार्य दललाई ३० दिनको समय अवधि दिइएको थियो ।

,orning glory badhai

कार्य दलले समय अवधि अघि नै सोमबार भीमदत्तका मेयर पदम बोगटीलाई प्रतिवेदन बुझाएको छ । मेयर बोगटीसंगै उप मेयर निलम लेखक जोशी, ,सामाजिक विकास समितिका संयोजक सुशिल भट्ट, भीमदत्तका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी लगायत सहभागी भएका छन् ।

मेयर बोगटी नशाको समस्याका कारण केही दिनदेखि कार्यालयमा अनुपस्थित छन् । सोमबार मेयर बोगटीले कार्यालय प्रमुख आवाशमा गएर प्रतिवेदन बुझेका छन् ।

कार्य दलका संयोजक भट्टले नगरपालिकाले कार्य दललाई दिएको जिम्मेवारी अनुसार विद्यालयहरुको यथार्थ अवस्था राखेर प्रतिवेदन बनाएको बताए ।

dirghayi clinic

‘हामीलाई जे जे जिम्मेवारी दिइएको थियो, त्यस अनुसार विद्यालय पुगेर त्यहाँको वास्तविक अवस्था अध्ययन गरी प्रतिवेदनमा राखेका छौ’ उनले भने,‘प्रतिवेदन आज नगरपालिकालाई बुझायौ ।’

कार्य दलले नगरपालिका क्षेत्रका सबै सामुदायिक विद्यालयमा पुगेर विद्यार्थी संख्या, भौतिक पूर्र्वाधार, शिक्षक कर्मचारी जनशक्ति लगायतका विषय अध्ययन गरेको कार्य दलका सदस्य हरिराज विष्टले बताए ।

‘सबै विद्यालय पुगेर अध्ययन गरेका छौ, त्यहाँ जे जस्तो देखियो, त्यसलाई प्रतिवेदनमा समावेश गरेका छौ’ उनले भने ।

नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले कार्य दलले सक्रिय भएर समय अवधि अघि नै कार्यालयलाई प्रतिवेदन बुझाएका हो । भीमदत्तले नयाँ शैक्षिक सत्रको मुखमा दरबन्दी मिलान गर्न खोजेको भन्दै यस अघि आलोचना भएको थियो ।

कार्य दलमा नारा जोशी, हरिराज विष्ट, नरेन्द्र सिह भण्डारी, लालमनी पाण्डेय, शिक्षा विकास तथा समन्वय इकाई सदस्य र भीमदत्तको शिक्षा, युवा तथा खेलकूद शाखाका शाखा अधिकृत दिपेन्द्र विष्ट सदस्य सचिव थिए ।

कार्य दलले विद्यालय अध्ययन गरी नगरपालिका कार्यालयमा बसेर प्रतिवेदन लेखन गरेको थियो । प्रतिवेदन लेखन अघि मापदण्ड अनुसार शिक्षक विद्यार्थी नभएका केही विद्यालयलाई नगरपालिका कार्यालयमा बोलाएर छलफल गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...