

महेन्द्रनगर । होली फेमली स्पोट्र्स एकेडेमीले सञ्चालन गरेको निःशुल्क प्रशिक्षणमा तीन सय ५० प्रशिक्षार्थी सहभागी भएका छन । क्रिकेट र तेक्वान्दो दुबै खेलमा उनीहरु सहभागी भएका हुन् ।
एकेडेमीले मंगलबारदेखि १० दिने निः शुल्क क्रिकेट प्रशिक्षण तथा तेक्वान्दो क्याम्प सुरु भएको छ । केही बर्षदेखि एकेडेमीले निः शुल्क प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र चन्दले प्रशिक्षण कार्यक्रम उद्घाटन गरे । चन्द कार्यक्रम कार्यक्रममा प्रमुख अतिथि थिए ।


एकेडमीका अध्यक्ष भुपाल सिंह बिष्टले कार्यक्रमको अध्यक्षत गरे । कार्यक्रममा सुदूरपश्चिम क्रिकेट संघका सचिव लक्ष्मण भट्ट, कञ्चनपुर क्रिकेट संघका सचिव बिशाल सोनार, तेक्वान्दो प्रमुख प्रशिक्षक मोहन प्रताप गुरुङ, होली फेम्ली माबिका सङ्स्थापक आरती देवी बिष्ट लगायत विभिन्न विद्यालयका प्रधानाध्याक, शिक्षक र अभिभावक सहभागी भएका छन् ।
एकेडेमीका उपाध्यक्ष महादेव प्रसाद भट्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सन्चालन सचिव हरि सिंह ठगुन्नाले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि चन्द सहित अध्यक्ष भुपाल सिंह बिष्ट, उपाध्यक्ष महादेव प्रसाद भट्ट लगायतले शुभ कामना मन्तव्य राखे ।
होली फेम्ली माबि खेल मैदान प्रशिक्षण सञ्चालन गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकले प्रशिक्षण दिने एकेडेमीका उपाध्यक्ष भट्टले बताए ।

