

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ भाँसीस्थित मेधावी सेकेन्ड्री स्कुलको खेल मैदानमा शनिबारदेखि निः शुल्क योग विज्ञान शिविर सञ्चालन हुने भएको छ ।
आदर्श नेपाल, आदर्श नगर खानेपानी उपभोक्ता तथा सरसफाई समिति, कञ्चनपुर आदर्श नेपाल, शिव मन्दिर योग साधना केन्द्र पतञ्जली योग समिति कञ्चनपुर र महिला पतञ्जली योग समिति कञ्चनपुरले संयुक्त रुपमा शिविर आयोजना गर्न लागेका छन् ।

योग गरौं, स्वस्थ रहौ, समृद्ध समाज निर्माण गरौं भन्ने नाराका साथ सञ्चालन हुने शिविर पाँच दिनसम्म सञ्चालन हुने आदर्श नेपालका अध्यक्ष महाशर्मा न्यौपानेले बताए । बिहीबार खेल मैदानमा पत्रकार सम्मेलन गरी शिविर सम्बन्धि जानकारी दिईएको छ ।
विद्यालयको दुई बिगाहा जमिनको खेल मैदानमा शुक्रबार विहानदेखि शिविर सञ्चालन गर्ने गरी तयारी थालिएको छ ।

पतञ्जली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी शिविरमा हरेक दिन विहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने बताए ।
‘योग अहिलेको समयमको एकदमै महत्वपूर्ण छ, योगलाई घर घरमा पु¥याउने, स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने, समाजमा योग र आयुर्वेदको महत्व बढाउने लक्ष्य राखेर शिविर आयोजान हुन लागेको छ’ पत्रकार सम्मेनलमा अध्यक्ष जोशीले भने ।
शिविरमा पतञ्जल योग समिति नेपालकी प्रखर विदुषी साध्वी श्रद्धेय देवकृपा प्रमुख प्रशिक्षक हुने छिन् । समितितका अन्य प्रशिक्षकले शिविरमा प्रशिक्षण दिने छन् ।
जिल्लाका प्रत्येक स्थानीय तह, वडा तथा टोलस्तरसम्म योग विस्तार गर्ने लक्ष्य रहेको समितिका उपाध्यक्ष धनसिह बुडालले बताए ।
‘सबै नागरिकलाई दैनिक जीवनमा योग अपनाउन आग्रह गर्छु, योग र आयुर्वेदको प्रचार–प्रसारमार्फत स्वस्थ समाज निर्माणमा समिति प्रतिबद्ध छ’ उनले भने ।
समितिले इच्छुक सबै महानुभावलाई शिविरमा सहभागी हुन आग्रह गरेको छ ।
