

महेन्द्रनगर । भारतको नयाँ दिल्ली बाट चोरी गरी नेपाल ल्याइएको हिरा तथा सुनसहितका बहुमूल्य सामग्री प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–२ बनहरा क्षेत्रबाट उक्त सामग्री बिहीबार बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको सामग्रीमा हिरा र सुनसहितका विभिन्न बहुमूल्य सामान रहेका छन् । घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान तथा संलग्नता पत्ता लगाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
