ghar sansar

यति हचुवामा गरिएछ भीमदत्तमा शिक्षक दरबन्दी मिलान, राहत शिक्षकलाई स्थायी बनाएर सरुवा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलान हचुवामा गरिएको भेटिएको छ । नगरपालिकाले राहत शिक्षकलाई स्थायी शिक्षक भनेर अर्कै विद्यालयमा सरुवा गरेको पाइएको छ ।

भृकुटी माध्यमिक विद्यालयबाट बिमला भट्टलाई स्थायी शिक्षक राखेर जानकी कन्या माध्यमिक विद्यालय सरुवा गरिएको छ ।

Anant bahu travels

शिक्षक भट्ट भृकुटी माविका राहत शिक्षक हुन् । शिक्षक दरबन्दी मिलानमा उनी स्थायी शिक्षक भएर जानकी सरुवा गरिएकी छन् ।

dirghayi clinic

भीमदत्त नगरपालिकाले बिहीबार शिक्षक दरबन्दी मिलानको सूची सार्वजनिक गरेको थियो ।

पूर्व जिल्ला शिक्षा अधिकारी देबीदत्त भट्टको नेतृत्वमा कार्य दल बनाएर दरबन्दी मिलान गरिएको हो ।

कार्य दलले चैत ३० गते नगरपालिकालाई प्रतिवेदन बुझाएको थियो ।

नगरपालिकाले राहत शिक्षकलाई स्थायी नियुक्तिमा राखेर सरुवा गरिएपछि सामाजिक सञ्जालमा हचुवामा मिलान गरिएको भन्दै आलोचना भएको छ ।

बिहीबार शिक्षक दरबन्दी मिलान सूची सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना हुन थालेको छ ।

Himal dental
सम्बन्धित
Loading...