ghar sansar

सहरका विद्यार्थीलाई गाउँमा निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरस्थित सार्क एजुकेशनका कक्षा ६ का विद्यार्थी शरण भट्टले भीनपा १० दिन तिल्केनी पुगेर क्रिकेट प्रशिक्षण लिए । होली फेमली स्पोर्टस एकेडेमीले १० दिने निःशुल्क क्रिकेट तथा तेक्वान्दो प्रशिक्षण सञ्चालन गरेको हो ।

प्रशिक्षण समापनमा प्रमाणपत्र लिएपछि धेरै कुरा सिकेको बताए । सानैदेखि क्रिकेट खेल्ने उनी प्रशिक्षणबाट धेरै नयाँ कुरा सिकेको बताउँछन् । ‘धेरै नयाँ कुरा सिके, ब्याटिङ्ग, बलिङ्ग, क्याचिङ्ग लगायतका सबै सिके’ उनले भने ।

Anant bahu travels

उनी क्रिकेट प्रशिक्षक सन्तोस भट्टका छोरा हुन् । सन्तोस होली फेमली स्पोर्टस एकेडेमीमा क्रिकेट प्रशिक्षक छन् ।
कक्षा ३ देखि क्रिकेट खेल्न थालेका शरण भविष्यमा पेशा र खेल दुबै अघि बढाउने बताउँछन् । उनी भविष्यमा इन्जिनियर बन्ने लक्ष्य लिइएको बताउँछन् ।

भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेमली स्कुलको खेल मैदानमा १० दिनसम्म सञ्चालन गरिएको निःशुल्क क्रिकेट तथा तेक्वान्दो प्रशिक्षणमा विभिन्न विद्यालयका तीन सय बढी विद्यार्थी सहभागी भएका छन् ।

उनीहरु महेन्द्रनगर बजार सहित गाउँ वस्तीका विभिन्न विद्यालयका छन् । महेन्द्रनगर बजार क्षेत्रका धेरै विद्यार्थीले तिल्केनी पुगेर क्रिकेट र तेक्वान्दो तालिम लिएका छन् ।

प्रशिक्षणबाट सरकारी र संस्थागत विद्यालयका साढे तनि सय विद्यार्थी लाभ पुगेको एकेडेमीका उपाध्यक्ष महादेब प्रसाद भट्टले बताए ।

होली फेमली स्पोर्टस एकेडेमीका अध्यक्ष भुपाल सिंह विष्टको अध्यक्षता र क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुर बहादुर चन्दको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरी प्रशिक्षण समापन गरिएको छ ।

समापन कार्यक्रममा तालिम तथा प्रशिक्षणमा सहभागि खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।

dirghayi clinic

क्यान अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेट तथा खेलकुद क्षेत्रमा होली फेमलीले गरेको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरुलाई आफ्नो क्षमता निखारता ल्याउन र क्षमता पहिचान गर्न सहयोग पुग्ने बताए ।

उनले यस्ता तालिमहरुबाट खेलाडीहरुमा उत्प्रेरणा दिनुका साथै खेलाडी उत्पादनमा महत्वपूण सहयोग पुग्ने बताए ।
क्रिकेटमा सुदूरपश्चिम प्रदेशको योगदान बढी भए पनि सरकारले यस क्षेत्रमा क्रिकेट विकासका लागि अपेक्षित ध्यान दिन नसकेको गुनासो गरे ।

सरकारले सुदूरपश्चिममा क्रिकेटका लागि तीन प्रतिशत मात्रै बजेट दिने गरेको दुखेसो पोखे ।

सुदूरपश्चिमम क्रिकेट खेलका पूर्वाधार निर्माण हुन नसकेकोमा अध्यक्ष चन्दले चिन्ता व्यक्त गरे ।

एकेडेमीका अध्यक्ष एबम् होली ग्रुफ अफ स्कुलका संस्थापक भुपाल सिह विष्टले स्पोर्टसको ग्राउण्डमा ६ पिच निर्माण गरी बाह्रै महिना क्रिकेट तालिम दिने बताए ।

होली ग्रुफ अफ स्कुलका संस्थापक विष्टले खेलकूद विकासका लागि एकेडेमी स्थापना गरेका हुन् । विष्टले आफ्नो पाँच बिगाहा जमिनमा खेल मैदान बनाएका छन् । दुई वर्षदेखि क्रिकेट र तेक्वान्दोको निःशुल्क प्रशिक्षण सञ्चालन हुँदै आएको हो ।

समापन कार्यक्रममा होली फेमलीका फाउण्डर आरती देवी विष्ट, उपाध्यक्ष महादेव प्रसाद भट्ट, सुदूरपश्चिम क्रिकेट संघका सचिव लक्ष्मण भट्ट, कञ्चनपुर क्रिकेट संघका सचिव विशाल शोनार, विष्ट समाज कञ्चनपुरका अध्यक्ष भवानी सिंह विष्ट लगायत अभिभावक, विद्यार्थी, शिक्षक समापन कार्यक्रममा सहभागी भए ।

एकेडेमीले विगत दुई बर्षदेखि निशुल्क खेलकुद तालिम तथा प्रशिक्षण दिदै आईरहेको छ । तालिम यहि बैशाख २ गतेदेखि ११ गतेसम्म संञ्चालन गरीएको थियो । कार्यक्रमको संञ्चालन हरीस सिंह ठगुन्नाले गरेका थिए ।

खेलकुद क्षेत्रमा ठूलो लगानी गर्दै आएको होलीफेमली एकेडेमीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडि उत्पादन गरीसकको छ ।

 

Himal dental
सम्बन्धित
Loading...