

महेन्द्रनगर । नेकपा सम्बद्ध प्रेस सेन्टर नेपालले समेत पत्रकार बिमल धामीमाथि मुद्दा चलाउनु दुःखद भएको उल्लेख भन्दै विज्ञप्ति निकालेको छ ।
बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले पत्रकार धामी विरुद्ध साइबर अपराध सम्बन्धि मुद्दामा जाहेरी दिएपछि उनी विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

‘पछिल्ला दिनहरुमा पत्रकार एव सञ्चारकर्मीमाथि सुशासनका समाचार लेखेकै आधारमा, विद्युतीय कारोबार ऐन ०६३ को ४७ दफा अनुरुप नेपाल प्रहरीको साईबर ब्यूँरोमा मुद्दा मामिला गर्ने प्रवृति बढिरहेको छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘यसैक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका साधारण सदस्य एव पश्चिम समाचार, बेलडाँडी पोेष्टका पत्रकार बासुदेव धामी(बिमल)बिरुद्धमा पनि समाचार र समाचार बङगाएर लगाएको साईबर मुद्दा दर्ता गरिएको घटनाले प्रेस सेन्टर नेपालको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संविधान कानुनले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक अधिकार सार्वजनिक पदमा रहेका व्यक्तिका विषयमा दिने धारणाकै आधारमा मुद्दा लगाउने कार्य समेत लोकतन्त्र, स्वतन्त्र प्रेस स्वतन्त्रता बिरुद्धको कदम प्रेस सेन्टर नेपाल स्वीकार्य नहुने जनाएको छ ।
विद्युतीय कारोबार ऐन ०६३को ४७ दफा प्रयोग गरेर कुनैपनि पत्रकारलाई फसाउन खोजिएको यो घटजना प्रति खेद प्रकट गर्दै यस्तो विषयमा गम्भिर हुन समेत सरोकारवालासंग अनुरोध गर्दै समाचार लेखेकै आधारमा उक्त दफा आकर्षित गराउन नहुने समेत सरोकारवालाको राय हुदाँहुदै यसरी समाचारको विषयमा आएका उजुरी दर्ता गरिहालेर संचार क्षेत्रमा त्रसित र प्रभाविगत पार्ने काम पनि दुखत विषय बनिरेहको जनाएको छ ।
प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष अरुण प्रशाद भट्टले हस्ताक्षर गरेको विज्ञप्तीमा समाचारकै विषयमा पत्रकारमाथि मुद्दा चलाउने काम बन्द गर्दै प्रेस, अभिव्यक्ति स्वतन्त्रता, संचारकर्मीको सुरक्षा व्यवस्था गरिदिन आग्रह गर्दै सम्बन्धित सरोकारवालासंग अनुरोध गरिएको छ ।

