

महेन्द्रनगर । बेदकोट नगरपालिका ५ पोलखरीमा बुधबार हात खुट्टा बाँधेर कुटपिट गरिएका बालकमाथि अर्को अमानवीय कार्य गरिएको बाहिर आएको छ ।
बुधबार पोलखरीस्थित नदी किनारमा क्रिकेट खेल्ने क्रममा स्थानीय भोज नाथको खेतबारीमा बल हुत्तिएको थियो । बल लिन खेतबारी जाँदा नाथले तरभुजा चोर्न आएको भन्दै ९ वर्षिय तपेन्द्र भण्डारीलाई हात खुट्टा बाँधेर कुटपिट गरेका थिए ।
अहिले नाथले भण्डारीलाई बाँधेर कुछपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
ती बालकलाई बारीमा निर्घात कुटपिटपिछि नाथले घरमा लगेका थिए । घरमा फेरि बाँधेर कुकुर लगाएर उनलाई टोक्न लगाएको बाहिर आएको छ । कुुकुरको टोकाइबाट बालक गम्भीर घाइते भएका छन् ।
बेदकोट नगरपालिका ५ का वडा अध्यक्ष चित्रदेब भट्टले घरमा हात खुट्टा बाँधेर घरमा लगेर कुकुबाट टोक्न लगाएर गम्भीर घाइते बनाएको सुनेर आफू स्तब्ध भएको बताएका छन् ।

‘पोलखरी खोला किनारमा सामान्य किसिमको क्रिकेट खेली रहेका १०÷१२ बर्षका नाबालकहरुको समुहले ,खेल खेल्दै गर्दा सो क्रिकेट को बल नजिकै रहेको वडा न ३ मा रहेको तर्भुज बारिमा गए पछि सो बल ल्याउन जाँदा तर्भुज बारिको साहुजि ले सो बच्चालाइ मेरो तर्भुज चोर्न आइस भनि मरणासन्न हुने गरि कुटपिट गरि , त्यसपछि आफ्नो घर लगि बच्चाको हात खुट्टा बाँधी थप कुटपिट मात्र होइनकि आफ्नो कुकुर लगाएर बाँधिएको बच्चालाइ टोक्न लगाइ गम्भिर घाइते बनाएको सुन्दा म स्तब्ध छु’ वडा अध्यक्ष भट्टले भनेका छन् ।
वडा अध्यक्ष भट्टले प्रहरीमा उजुरी परेको उल्लेख गर्दै संलग्नलाई कडा कानुनी कारवाही गर्न आग्रह गरेका छन् ।
कुटपिटमा संलग्नलाई कारवाहीका लागि नागरिक समाज, मिडिया सबैमा उनले आग्रह गरेका छन् ।
बिहीबार सार्वजनिक भिडियोमा नाथले बालकलाई मारेर आफू जेल जाने भन्दै आक्रोश पोखेको सुनिन्छ ।
आमाबाबु भारतमा रहेकाले बालकको हेरचाह मामाघरकी बज्यैले गर्दै आएकी छिन्। भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले बालकमाथि कुटपिट गर्ने भोज नाथविरुद्ध ज्यान कसुरमा मुद्दा अघि बढाएकोे जानकारी दिए। उनले घट्नामा संलग्न सबैमाथि कानुनी कारबाही हुने बताए।
