

महेन्द्रनगर । दोधारा चाँदनीमा टिप्परले ठक्कर दिदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । अर्का घाईते भएका छन् ।
शुक्रबार दिउँसो करिब २ः३० बजे दोधारा–चाँदनी नगरपालिका–१ स्थित स्याउले बजारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

दक्षिण दिशाबाट उत्तर तर्फ जाँदै गरेको सु.प.प्र. ०२००१ क ०५९८ नम्बरको टिप्परले सोहि दिशा तर्फ गइरहेको ग्प्०६ब्क्७९३० नम्बरको मोटर साइकललाई ठक्कर दिँदा दुर्घटनामा मोटरसाइकल सवार स्थानीय अन्दाजी १४÷१५ बर्षका विवेश चुनाराको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका नरेश लुहारको उपचार भइरहेको छ ।
टिप्पर चालक फरार रहेको छन् । घटनापछि स्थानीयवासीमा शोकको वातावरण छाएको छ । उक्त दुर्घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
घट्नाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन स्थानीयले सम्बन्धित निकायसंग माग गरेका छन् ।
