

महेन्द्रनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशको इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारीमा परिवर्तन गरेको छ ।
यसअघि इञ्चार्ज तोकिएका भीम रावलले जिम्मेवारी स्वीकार नगरेपछि उक्त पदको जिम्मेवारी भानुभक्त जोशीलाई दिइएको छ। जोशी यसअघि सहइञ्चार्जको भूमिकामा रहेका थिए ।

यस्तै, सहइञ्चार्जको जिम्मेवारी पाएकी रञ्जिता श्रेष्ठलाई कृषि तथा भूमि व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारीसमेत दिइएको छ ।
अब सुदूरपश्चिम प्रदेशको सहइञ्चार्जको जिम्मेवारी भने खगराज भट्टले मात्रै सम्हाल्ने भएका छन् ।
संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन (अपानी) मार्फत उक्त जिम्मेवारी हेरफेर गरिएको हो ।
