

महेन्द्रनगर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ ।
नतिजा प्रकाशनपछि परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्तांक र विवरण थाहा पाउन सकून् भन्ने उद्देश्यले बोर्डले विभिन्न आधिकारिक माध्यमहरूको व्यवस्था गरेको छ । यस वर्ष नियमित तथा ग्रेडवृद्धि दुवै परीक्षाको नतिजा एसएमएस, आईभीआर र वेबसाइट मार्फत हेर्न सकिने बोर्डले जनाएको छ ।

एसएमएस तथा फोन कलमार्फत नतिजा बुझ्न चाहने परीक्षार्थीहरूका लागि विभिन्न सेवा प्रदायक तोकिएका छन् । नेपाल टेलिकमको १६०० मा डायल गरेर वा एसएमएसमार्फत नतिजा थाहा पाउन सकिनेछ । त्यसैगरी, जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
विस्तृत विवरण तथा मार्कसिट हेर्न र डाउनलोड गर्न सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटलाई अनुमति दिइएको छ। परीक्षार्थीहरूले बोर्डका आधिकारिक वेबसाइट कभभ.नयख.लउ र लभद.नयख.लउ मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन् ।
यसका अतिरिक्त नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन्स, इडियु सञ्जाल, खल्ती एप, निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी र इन्द्रेणी टाइम्सका पोर्टलमार्फत पनि नतिजा उपलब्ध हुनेछ ।
