ghar sansar

एसईई नन ग्रेडका लागि असार १ गतेदेखि पुरक परीक्षा

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ‘एनजी’ (नॉन–ग्रेडेड) प्राप्त गर्ने विद्यार्थीहरूका लागि आगामी असार १ गतेदेखि पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

dirghayi clinic

यस वर्षको नियमित परीक्षामा सहभागी भएर कुनै पनि विषयमा न्यूनतम अंक ल्याउन नसकेका विद्यार्थीहरूको शैक्षिक सत्र खेर नजाओस् भन्ने उद्देश्यले बोर्डले परीक्षाको तालिका तय गरेको हो ।

,orning glory badhai

बोर्डले यसपटक विद्यार्थीको हितलाई ध्यानमा राख्दै परीक्षाको नीतिमा महत्त्वपूर्ण परिवर्तन समेत गरेको छ। विगतका वर्षहरूमा बढीमा दुई वटा विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था रहेकोमा यस वर्षदेखि भने नियमिततर्फका परीक्षार्थीले ‘एनजी’ आएका सबै विषयमा पूरक परीक्षा दिन पाउनेछन् ।

बोर्डले अपनाएको यो लचिलो नीतिका कारण जतिसुकै विषयमा ग्रेड पु¥याउन नसकेका परीक्षार्थीहरूले पनि असार १ गतेदेखि सञ्चालन हुने परीक्षामा सामेल हुने अवसर पाउने भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...