

महेन्द्रनगर । लिटिल बुद्ध एकेडेमीका दुई विद्यार्थीले एसईई परीक्षामा ४ जीपीए ल्याएका छन् । विद्यालयका विद्यार्थीद्वय अनमोल चन्द र सशांक जोशी ४ जीपीए ल्याएर उत्तीर्ण भएका छन् । गत वर्ष ४ जीपीए आएको थिएन । यस वर्ष नतिजा व्यापक सुधार गरी ४ जीपीए आएको छ ।
चन्द र जोशीपछि दिवाकर धामीले ३ दशमलव ९७ जीपीए ल्याएका छन् । ३ दशमलव ९५ जीपीए ल्याएर चार विद्यार्थी उत्तीर्ण भएका छन् ।
उनीहरुमा आदित्य यादव, विशाल लेखक, कुशुम भट्ट र पूजा भट्ट छन् । गत वर्ष जिल्लाभर सबैभन्दा बढी विद्याीर्थी ए प्लस ल्याएर उत्तीर्ण भएका थिए ।

२०६३ मा स्थापना भएको लिटिल बुद्धको २०८२ मा १८ औं ब्याच हो । कक्षा नर्सरीदेखि १२ सम्म पठनपाठन हुने लिटिल बुद्धमा सुदूरपश्चिममै सबैभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
कक्षा ११ र १२ (प्लस–टु) मा विज्ञान, व्यवस्थापन, कानून र होटल म्यानेजमेन्टको पठनपाठन हुँदै आएको छ ।


