ghar sansar

तीन वर्षमै बुवा गुमाएर आमासंगै मामा घर बसेर पढेकी डायमण्डकी आज्ञा भइन् एसईई उत्कृष्ठ

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० गड्डाचौकीस्थित डायमण्ड एकेडेमीका संस्थापक डा. हिरा चन्दले सोमबार एसईई नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा लेखे – मेरा विद्यार्थी आज्ञा र ज्योति । तपाईहरुको शिक्षक हुनुको नाताले गर्व महसुस गरि रहेको छु । तपाईहरु डायमण्ड एकेडेमीको गौरब हो । उज्जव भविष्यको शुभ कामना ।

एसईई परीक्षामा आज्ञा श्रेष्ठ र ज्योति नेपाली दुबैले उत्कृष्ठ नतिजा ल्याएर उत्तीर्ण गरेका छन् । संस्थापक चन्दले यसलाई विद्यालयको ऐतिहासिक नतिजा भनेर सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

आज्ञाले ४ जीपीए र ज्योतिले ३ दशमलव ९६ जीपीए ल्याएर एसईई उत्तीर्ण गरेका छन् । आज्ञाले हालसम्मकै उच्च ४ जीपीए ल्याएकी हुन् । उनी विद्यालयबाट ४ जीपीए ल्याउने पहिलो विद्यार्थी भएकी छन् ।

‘यो विद्यालयका लागि ऐतिहासिक क्षण हो, यसले विद्यालय निकै गौरबान्तित छ’ संस्थापक चन्दले भने ।

४ जीपीए ल्याउने आज्ञा कैलालीको धनगढीकी हुन् । भीमदत्त नगरपालिका ५ वनगाउँस्थित मामाघरमा बसेर आज्ञाले डायमण्डमा पढेकी हुन् । उनकी आमा विन्दु श्रेष्ठ २२ वर्षदेखि विद्यालयमा कार्यरत छन् ।

२०६७ मा जन्मिएकी आज्ञाका बुवाले तीन वर्षमै बुवा गुमाएकी हुन् । आमा विन्दुले आज्ञालाई लालनपालन गरी पढाएकी हुन् । सरकारी सेवाको लेखापाल श्रेष्ठको क्यान्सरका कारण निधन भएको थियो ।

बुवालाई चिन्न नपाउँदै पितृ वियोगी सहेकी आज्ञा श्रेष्ठ दम्पत्तिकी एक्ली सन्तान हुन् । उनी एसईईपछि विज्ञान विषय पढेर चिकित्सक बन्ने बताउँछिन् ।

dirghayi clinic

बुवाको क्यान्सर रोगका कारण निधन भएकाले उनी क्यान्सर सम्बन्धि चिकित्सा अध्ययन गर्ने लक्ष्य राखेकी छन् ।
उमेर बढ्दै गएपछि आज्ञाले बुवाको निधन क्यान्सरका कारण भएको थाहा पाएपछि चिकित्सक बन्ने लक्ष्य राखेर पढाई मिहिनेत गरी एसईईमा ४ जीपीए ल्याएकी हुन् ।

आज्ञाले यस अघिसम्म सबै कक्षामा ४ जीपीए ल्याएकी छन् । उनी विद्यालयकी उत्कृष्ठ विद्यार्थी हुन् । नर्सरीदेखि डायमण्डमा आज्ञा पढेर एसईईमा उत्कृष्ठ जीपीए ल्याएकी छन् ।

आज्ञा पढाईसंगै अतिरिक्त क्रियाकलाप र अनुशासनमा अब्बल थिइन् । विद्यालयमा विभिन्न प्रतियोगितामा सहभागी भएर उनले उत्कृष्ठ स्थान हासिल गरेकी छन् ।

विद्यालयका अनुसार जिल्ला स्तरीय हाजिरी जवाफ, निबन्ध लेखन र बक्तृत्वकला प्रतियोगितामा आज्ञाले उत्कृष्ठ स्थान हासिल गरी पुरस्कार जितेकी छन् ।

‘आज्ञा सुरुदेखि नै उत्कृष्ठ विद्यार्थी हुन् , एसईईसम्म त्यो उत्कृृष्ठतालाई कायम राखेकी छन्, भविष्यमा आफ्नो सपना पूरा गर्नेमा पूर्ण विश्वस्त छौ’ उनले भनिन् ।

विद्यालयले उत्कृष्ठ नतिजा ल्याउने सबै विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम बनाएको छ । एसईईमा आज्ञा सहित सात जनाले ए प्लस जीपीए ल्याएका छन् ।

उनीहरुमा प्रतिक्षा क्षेत्री, पारस नाथ, रश्मी पाण्डेय, आयुश ठगुन्ना र स्नेहा चन्द छन् ।

विद्यालयले विद्यार्थीहरुको पठनपाठन बाहेक अतिरिक्त क्रियाकलाप र खेलकूदलाई विशेष प्राथमिकता दिएको संस्थापक चन्दले बताए ।

Himal dental
सम्बन्धित
Loading...