ghar sansar

भीमदत्तमा एडिबीको दोस्रो चरणमा बन्दै छन् यी सडक

khasi

भुवन भट्ट
महेन्द्रनगर । भीमदत्त नगरपालिकामा एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋण साझेदारीमा दोस्रो चरणको सडक, ढल तथा फुटपाथ निर्माणको काम अगाडि बढाइएको छ । पहिलो चरणको निर्माण कार्य भएको करिब दुई वर्षपछि भीमदत्तमा एडिबीको दोस्रो चरणको निर्माण अगाडि बढेको हो ।

गत फागुनमा दोस्रो चरणको निर्माणको सम्झौता गरिए पनि सडकमा राखिएको विद्युतीय पोल, खानेपानीका पाइप, टेलिकमका तार व्यवस्थापन गर्न समय लागेका कारण केही ढिलो गरेर काम सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले बताए ।

नगरप्रमुख पदम बोगटीले नगरको समग्र सहरी र ग्रामीण विकासका लागि महत्वपू्र्ण कदम भएको बताए । नगरप्रमुख बोगटीले निर्माणका लागि नगरवासीसँग सहकार्यको अपेक्षा गरिएको छ ।

भीमदत्त नगरपालिकाका इन्जिनियर पवन लेखकका अनुसार भीमदत्तका छ वटा वडा छुने गरेर एडिबीको ऋण साझेदारीमा २० वटा सडक निर्माणको सुरु गरिएको छ ।

इन्जिनियर लेखकका अनुसार दोस्रो परियोजना अन्तर्गत १७ वटा सडकमा कालोपत्रे र ढल निर्माण तथा तीन सडकमा ढल निर्माण गर्ने गरेर काम अगाडि बढाइएको छ ।

उनका अनुसार भीमदत्त नगरपालिका–४ स्थित रेडक्रस सडक २२० मिटर, कभर्ड हल सडक ७४० मिटर, होटेल ओपेरा सडकमा ५३० मिटर र होटेल चेतनको सडकमा चार सय मिटरको लम्बाइमा सडक कालोपत्रे र ढल निर्माण गरिने छ ।

त्यसै गरी वडा नं. ८ मजगाउँ विमानस्थल ऐरीघाट जोड्ने सडकमा १.३ किलोमिटर सडक कालोपत्रे र ढल निर्माण गरिने जनाइएको छ । भीमदत्त नगरपालिका–१८, पुष्पलाल चोक हुँदै सुदूरपश्चिम विश्वविद्यालय जोड्ने ८४० मिटर सडक कालोपत्रे र नाली तथा भगतपुर नहरमा ६४० मिटर सडकमा कालोपत्रे गरिने छ ।

dirghayi clinic

वडा नं. ६ वनगाउँ, भगवती टोलमा ४८० मिटर सडक कालोपत्रे र ९४० मिटर नाली निर्माण गरिने छ । वडा नं. १ भाँसी पूर्वपश्चिम राजमार्गमा ३१० मिटर सडक कालोपत्रे र ६२० मिटर नाली निर्माण गरिने इन्जिनियर लेखकले बताउनुभयो । दोस्रो परियोजना अन्तर्गत वडा नं. १८ मामाभान्जा सडकको २३० मिटर सडक कालोपत्रे, ७२५ मिटर नाली निर्माण गरिने छ ।

त्यसै गरी मामाभान्जा चोक हुँदै निम्बुखेडा जोड्ने ७५० मिटर कालोपत्रे र एक हजार ४८० मिटर ढल निर्माण गरिने छ । सोही वडाको जगन्नाथ मार्गमा ३२० मिटर सडक कालोपत्रे र ६३० मिटर नाली निर्माण गरिने इन्जिनियर लेखकले बताए । उनका अनुसार वडा नं. १० सुखासाल चोक हुँदै कस्मोपोलिटिन विद्यालयसम्मको २५० मिटर सडक कालोपत्रे तथा ४९२ मिटरमा नाली निर्माण गरिने छ ।

वडा नं. १८ स्थित विद्यानगर टोल कटान गल्ली २ मा २४० मिटर सडक कालोपत्रे तथा ४८८ मिटर ढल निर्माण गरिने छ । सोही वडाको विष्णुुटोल कटान गल्ली १ मा २२० मिटर र गल्ली २ मा २२० मिटर सडक कालोपत्रे र ३९४ मिटर नाली निर्माण गरिने जनाइएको छ ।

भीमदत्तस्थित द्वारिकामार्गमा १६० मिटर सडक कालोपत्रे तथा ३२४ मिटर ढल, भगतपुर आदर्शमार्गमा ३९० मिटर कालोपत्रे तथा ६८८ मिटर नाली निर्माण तथा सिद्धविनायक मार्गमा ११० मिटर सडक कालोपत्रे र १०६ मिटर ढल निर्माण पनि सोही परियोजना अन्तर्गत गरिने जनाइएको छ ।

त्यस्तै सोही परियोजना अन्तर्गत श्रीकृष्णमार्गमा ४८० मिटर नाला, सम्झनामार्गमा २६० मिटर र जानकीमार्गमा २५९ मिटर नाला निर्माण गरिने छ ।

इन्जिनियर लेखकले रेडक्रस सडक, कभर्ड हल सडक, होटेल ओपेरा सडक, वनगाउँ सडक, भगतपुर सडक, पूर्वपश्चिम राजमार्ग सडक, मामाभान्जा सडक, जगन्नाथ मार्ग, विष्णुटोल कटानमा फुटपाथ निर्माण गरिने जानकारी दिए ।

उनका अनुसार निर्माण कम्पनी टिसी केकेसी जेभी काठमाडौँसँग एक वर्ष तीन महिनाभित्र निर्माण गरिसक्ने गरेर ३८ करोड ६३ लाख ८५ हजार ६९६ रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

इन्जिनियर लेखकले बर्खाको समय नजिकिएकाले बर्खापूर्व ढल निर्माण सक्ने गरेर दु्रत गतिमा काम भइरहेको बताए । यसअघि सन् २०२३ मा पहिलो चरणको सडक निर्माण भए पनि हस्तान्तरणको काम भने बाँकी रहेको उनले बताए ।

Himal dental
सम्बन्धित
Loading...