ghar sansar

सरकार विरुद्ध निर्माण व्यवसायी आन्दोलित, सरकारलाई मागपत्र पठाएपछि प्रशासनमा आधा घण्टा धर्ना

khasi

महेन्द्रनगर । सरकारले आफ्ना मागप्रति वेवास्ता गरेको भन्दै निर्माण व्यवसायीले बिहीबार प्रशासन कार्यालय पुगेर धर्ना दिएका छन् ।

निर्माण व्यवसायी संघ कञ्चनपुरको अगुवाईमा बिहीबार विहान प्रमुख जिल्ला अधिकारी मदन कोइराला मार्फत सरकारलाई मागपत्र बुझाएपछि प्रशासन प्रवेशद्वारमा आधा घण्टा धर्ना दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय आन्दोलन कार्यक्रम अनुसार सरकारलाई ज्ञापन र धर्ना कार्यक्रम गरिएको छ । धर्नापछि व्यवसायीले सरकारसित माग पूरा गर, व्यवसायीमाथि धरपकड बन्द गर लगायतका नारा लगाएका छन् ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष पुष्पराज अवस्थीले मूल्य वृद्धि समायोजना र व्यवसायीमाथि धरपकड विरुद्ध आन्दोलन थालिएको बताए ।

‘आजदेखि आन्दोलन सुरु भयो, आज पहिलो चरणमा जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउने र आधा घण्टा धर्ना दिने कायृक्रम गरिएको छ, उनले भने,‘हामीले यस अघि माग बुझाइ सकेका थियौ, त्यसमा कुनै सुनुवाई भएन, तीनै माग फेरि आन्दोलनमा आन्दोलनमा आएका छौ, पूरा नभएसम्म आन्दोलन गर्छौ ।’

अध्यक्ष अवस्थीले आन्दोलन कार्यक्रम अन्र्तगत शुक्रबार पूर्वाधार विकास कार्यालय लगायत विकासे अड्डामा धर्र्ना कार्यक्रम हुने बताए ।

माग पूरा नगरेसम्म निर्माण कार्य ठप्प पार्ने गरी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

मध्यपूर्वमा इरान अमेरिका युद्धपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि निर्माण सामाग्रीको मूल्य ह्वात्तै बढेको हो । व्यवसायीले मूल्य समायोजन गरी व्यवसायीलाई सहज बनाई दिनु पर्ने माग गर्दै आएका छन् ।

मूल्य वृद्धिपछि निर्माण सामाग्री अभाव नभएर कामकाज ठप्प हुने पुगेको अध्यक्ष अवस्थीले बताए ।

dirghayi clinic

सडक कालोपत्रेमा प्रयोग हुने बिटुमिन पाउन नसकेर जिल्लाका विभिन्न क्षेत्रमा सडक निर्माणका कार्य रोकिएको अध्यक्ष अवस्थीले बताए ।

मूल्य वृद्धिले सम्झौता अनुसार कामकाज हुन नसक्ने अवस्था आएको उल्लेख गर्दै अध्यक्ष अवस्थीले ठेक्का म्याद थप गर्न पर्ने अवस्था आएको बताए ।

व्यवसायीले ठेक्का सम्झौता गर्दा १ सय ३९ रुपैँया राखिएको डिजेल २ सय २५ र र ७५ रुपैँयाको बिटुमिन १ सय ६० पुगेको छ । निर्माण कार्यमा प्रयोग हुने फलामे छड, सिमेन्ट लगायत सबैको मूल्य बढेको छ ।

निर्माण व्यवसायी महासंघ कञ्चनपुरका महासचिव देबीदत्त भट्टले मूल्य वृद्धिपछि व्यवसायी कामकाज गर्न नसकेर घरबार बिहीन हुने अवस्था आउन लागेको बताए ।

सरकारले माग सुनुवाई नगरेपछि सबै कामकाज ठप्प पारी व्यवसायी सडकमा आउने महासचिव भट्टको भनाई छ ।

‘सरकारले माग सुनेन, त्यहीं भएर आज फेरि प्रशासनमा आएका छौ, मूल्य वृद्धिले कामकाज गर्न सकिने अवस्था छैन, हामीहरु घरबार विहीन हुने अवस्थामा छौ’ उनले भने,‘अब हामी सबै कामकाज छाडेर आन्दोलनमा आउँछौ ।’

नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान केन्द्रीय सदस्य प्रेमप्रकाश भट्टले सरकारले व्यवसायीका माग वेवास्ता गर्ने र व्यवसायीमाथि घरपकड गरी अप्ठेरोमा पार्ने कार्य गरेको भन्दै आपत्ति जनाए ।

‘इन्धनको मूल्य बढेको छ, त्यसले व्यवसायी मारमा छौ, सरकारको यसमा ध्यान गएको छैन, अर्कोतिर के छ भने काम भएन भनेर व्यवसायीमाथि धरपकड भइ रहेको छ, व्यवसायीको मान मर्यादा हुन्छ! उनले भने,‘हाम्रा सुनुवाई भएर व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर हुनु पर्छ ।’

नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान केन्द्रीय सदस्य भट्ट सहित संघका निवर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्ट, संघका पदाधिकारी, सदस्य, व्यवसायी धर्ना कार्यक्रममा सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...