ghar sansar

महेन्द्रनगर खानेपानी सरसफाई उपभोक्ता समिति तिलाचौरको अध्यक्षका लागि ध्वज बहादुर विष्ट र पदम सिह विष्ट चुनाव लड्दै, शनिबार मतदान

अध्यक्ष बाहेक अन्य पदाधिकारी र सदस्य सबै निर्विरोध 

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ८ तिलाचौरस्थित महेन्द्रनगर खानेपानी सरसफाई तथा उपभोक्ता समितिको अध्यक्षमा ध्वज बहादुुर विष्ट र पदम सिह विष्टले चुनावी प्रतिस्पर्धा हुन लागेको छ ।

शनिबार समितिको कार्यालयमा हुने छैटौं अधिबेशनमा दुबै जना उम्मेदवार भएका हुन् । विहान ८ देखि ४ बजेसम्म मतदान हुने निर्वाचन समिति सदस्य भीम कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार मतदानका लागि नागरिकता, उपभोक्ता कार्ड वा पहिचान खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ ।

समितिका एक हजार सात सय उपभोक्ता मतदानमा भाग लिने पाउने छन् ।

फागुन २१ गतेको निर्वाचन अघि समितिको १६ औं साधारण सभा तथा छैंठो अधिवेशन सुरु भएको थियो । निर्वाचनका कारण निर्वाचन कार्य तालिका सार्वजनिक गरी चुनाव प्रक्रिया स्थगित गरिएको थियो ।

dirghayi clinic

समितिको अध्यक्ष बाहेक पदाधिकारी र सदस्य सबै निर्विरोध भएका छन् । समितिलाई निर्विरोध बनाउन अन्तिमसम्म छलफल गरिएको थियो ।

अध्यक्षमा पाँच जना आकाँक्षी थिए । उनीहरुमध्ये विष्टद्वय बाहेक अन्य सबै आफ्नो आकाँक्षाबाट पछि हटेका हुन् ।

अध्यक्षका उम्मेदवार ध्वज बहादुर विष्ट भीमदत्त नगरपालिका ८ का निवर्तमान वडा अध्यक्ष हुन् । उनी २०७४ को निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका थिए ।

अर्का उम्मेदवार विष्ट नेपाली सेनाबाट अवकाश पाएका सैनिक हुन् । 

समितिको अधिवेशनका लागि हरि प्रसाद मिश्रको नेतृत्वमा भीम कार्की र राजेन्द्र पण्डित सदस्य भएको समिति गठन गरिएको छ ।

समितिले शनिबार अध्यक्षका लागि चुनाव गर्न लागेको छ ।

Himal dental
सम्बन्धित
Loading...