ghar sansar

महेन्द्रनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा ध्वज बहादुर विष्ट विजयी

khasi

महेन्द्रनगर । भमिदत्त नगरपालिका ८ तिलाचौरस्थित महेन्द्रनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा ध्वज बहादुर विष्ट विजयी भएका छन् ।

संस्थाको शनिबार भएको ६ औं अधिवेशनमा विष्ट २ सय २३ मत ल्याएर निर्वाचित भएका छन् । विष्टका प्रतिद्वन्द्वी पदम विष्टले १ सय ४७ मत ल्याएका छन् ।

अध्यक्ष निर्वाचित विष्ट भीनपा ८ का निवर्तमान वडा अध्यक्ष हुन् । अर्का प्रत्यासी विष्ट नेपाली सेनाका अवकाश प्राप्त सैनिक हुन् । उनीहरु दुबै भीनपा ८ का वासिन्दा हुन् ।

निर्वाचन समितिका सदस्य भीम कार्कीका अनुसार ६ सय ४७ मत खसेका छन् । त्यसमा २ सय ७७ मत बदर भएको निर्वाचन समिति सदस्य कार्कीले बताए ।

dirghayi clinic

निर्वाचन समितिले मतदानका लागि एक हजार सात सय सदस्यको नामावली सार्वजनिक गरेको थियो । अध्यक्ष बाहेक अन्य पदाधिकारी र सदस्य सबै निर्विरोध चयन भएका थिए ।

अध्यक्ष सर्वसम्मत बनाउन अन्तिमसम्म गरिएका प्रयास सफल नभएपछि चुनाव गरिएको हो । निर्वाचन समितिले चुनाव प्रक्रिया सुरु गरेपछि दुबैले आफ्नो चुनाव चिन्ह सहित प्रचारप्रसार गरेका थिए ।

अध्यक्ष निर्वाचित विष्ट टयाङ्की र अर्का उम्मेदवार विष्टको धारा चुनाव चिन्ह थियो । समितिको निर्वाचनका लागि हरि प्रसाद मिश्राको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

खानेपानी संस्थाको कार्यालयमा विहान ८ देखि दिउँसो २ बजेसम्म मतदान गरिएको थियो ।

मतदानपछि मत गणना गरिएको छ । मत गणनापछि केही समय विवाद चर्किएको सहभागीहरुले बताए ।

२०५२ मा खोलिएको संस्थाले भीनपा ८ सहित ७ र ३ नम्बर वडासम्म खानेपानी आपूर्ति गर्दै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...