ghar sansar

यु १९ महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि जेठ १० गतेदेखि बैतडीमा प्रदेश स्तरीय छनौट प्रतियोगिता

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले यु १९ महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश स्तरीय छनौट प्रतियोगिताको खेल तालिका (टाई सीट) सार्वजनिक गरेको छ ।

बैतडीको दशरथ चन्द क्रिकेट मैदानमा जेठ १० देखि १६ गतेसम्म हुने छनौट प्रतियोगिताका लागि टाइ सीट अनुसार सबै जिल्लाका टीम सहभागी गराई दिन जिल्ला क्रिकेट संघलाई सूचना जारी गर्दैै आग्रह गरेको छ ।

,orning glory badhai

प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले टीम सहभागिताका लागि सबै जिल्ला जानकारी गराएका छन् । सुदूरपश्चिमका बाजुरा बाहेक सबै जिल्लामा क्रिकेट संघका जिल्ला समिति छन् ।

dirghayi clinic

प्रतियोगितामा बैतडी, बझाङ्ग, दार्चुला र डडेल्धुरा ए समूह र बी समूहमा कैलाली, कञ्चनपुर, डोटी र अछाम छन् ।

प्रतियोगिताको पहिलो खेल बैतडी दार्चुला तथा डडेल्धुरा र बझाङ्गबीच हुने सचिव भट्टले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...