

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले अत्यधिक गर्मी बढेपछि सोमबारदेखि तीन दिन विदा दिएको छ ।
केही दिन दिनदेखि अत्यधिक गर्मी बढेको गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या पर्न सक्ने भन्दै सोमबारदेखि बुधबारसम्म नगरपालिका क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालय विदा दिएको हो ।

भीमत्तको शिक्षा, युवा तथा खेलकूद शाखा प्रम्ुख हरिदत्त जोशीले आइतबार सार्वजनिक सूचना जारी गर्दै लामो विदाबाट कट्टी हुने गरी तीन दिन विदा दिएको जानकारी गराएका छन् ।
सुदूरपश्चिम तराईमा अत्यधिक गर्मी बढेर तातो हावा चलेर जनजीवन प्रभावित भएको छ । विद्यालयहरुले नगरपालिकालाई विद्यालय बन्द गराउनु पर्ने माग आग्रह गरेका थिए ।
भीमदत्त नगरपालिका १९ बागफाँटास्थित लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथले अत्यधिक गर्मीले कक्षा कोठामा पठनपाठन गर्न समस्या परेको र विद्यार्थीलाई चर्को घाममा विद्यालय आउजाउ गर्न समस्या भएको बताए ।


