ghar sansar

जनज्योति माविका विद्यार्थीले बनाए छुकछुके रोबोट, खेलाए फुटबल

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ भाँसीसिथत जनज्योति माध्यमिक विद्यालय कक्षा ९ का छात्र अर्नभ विष्ट भविष्यमा सफ्वेयर इन्जिनियर बन्न चाहन्छन् । बेदकोट नगरपालिका ७ लालपुरका विष्ट कक्षा ७ देखि जनज्योतिमा पढ्न थालेका हुन् ।

पढाईमा गणित र विज्ञान विषय सबैभन्दा राम्रो लाग्ने उनी शुक्रबारदेखि आइतबारसम्म छुकछुके रोबोट निर्माण कार्यशालामा सहभागी भए ।

‘यो कार्यशालाबाट मैले रोबोट र एआई सम्बन्धि धेर्रै कुरा सिके’ उनले भने,‘अब घरमा पनि म यस्तै प्रविधि र सीप प्रयोग गरी यस्तै चिज बनाउँछु ।’ 

विष्टसंगै कार्यशालामा सहभागी कक्षा ९ का निकेश भट्ट पाइलट बन्न चाहन्छन् । भाँसीका उनी एसईईपछि विज्ञान विषय अध्ययन गरी आफ्नो सपना पूरा अठोट लिएर अध्ययनमा ध्यान दिएका छन् ।

विद्यालयमा नियमित पठनपाठन बाहेक भट्ट अरिरिक्त क्रियाकलाप र सूचना प्रविधिसंग सम्बन्धित कार्यक्रममा सहभागी हुने गर्छन् ।

‘यो कार्यशालाबाट अतिरिक्त ज्ञान सिक्न पाए, अहिलको समयमा रोबोटको महत्व बढ्दै गएको छ’उनले भने ।

कार्यशालामा सहभागी भएर उनले रोबोट डिजाइनदेखि सञ्चालनसम्म सबै सीप सिकेको भट्ट बताउँछन् ।

विद्यालयले विद्यार्थीहरुको नविनतम प्रविधिसंग सिकाई कार्य गराउन विद्यालयमा तीन दिने छुकेछुके रोबोट निर्माण कार्य सम्बन्धि तीन दिने कार्यशाला गरेको छ ।

गोदावरी आविष्कार केन्द्रले गरेको कार्यशालामा माध्यमिक तहका विद्यार्थी सहभागी भए ।

विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज जोशीले विद्यार्थीलाई नविनत प्रविधिसंग जोडेर सिकाई कार्य गराउन कार्यशाला गरिएको जानकारी दिए ।

‘यो एक प्रकारको नविनतम प्रविधिसित विद्यार्थीहरुको सिकाई कार्य हो’ प्रिन्सिल जोशीले भने,‘यसमा रोबोट कसरी बन्छ, यसको प्रोग्राम कसरी सेट हुन्छ, त्यसले कसरी काम गर्छ भन्ने सबै जानकारी थाह पाएर रोबोट निर्माण गरी समापनमा फुटबल प्रतियोगिता नै गरियो ।’

कार्यशालाले विद्यार्थी आफैंले आफैलाई चिन्न मौका पाएको र चौतर्फी विकासमा सहयोगी हुने विश्वास प्रिन्सिपल जोशलिे व्यक्त गरे । ‘यो विद्यार्थीको चौतर्फी सिर्जनात्मक विकासका लागि आवश्यक हुन्छ’ उनले भने ।

गोदावरी आविष्कार केन्द्रका सञ्चालक इन्जिनियर किरण भट्ट र प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामशेर साउँदले कार्यशालामा सहजीकरण गरे ।

dirghayi clinic

सिइओ साउँदले विद्यार्थीहरुको अहिलेको नवितन प्रविधिसंग जोडिनु पर्ने अपरिहार्यता भएको र उनीहरु के चाहन्छन् त्यसका कारण पठनपाठन गरिनु पर्ने बताए ।

‘अहिले शिक्षा पहिला जस्तो भएर हुँदैन, विद्यार्थीहरु के चाहन्छन्, त्यसका आधारमा सिकाउन आवश्यक छ’ उनले भने ।
दुई वर्ष अघि गोदावरी आविष्कार केन्द्र सञ्चालनमा ल्याइएको हो । विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग, कला र गणितलाई एकसाथ सिकाउने लक्ष्यका साथ आविष्कार केन्द्र सञ्चालन गरिएको उनी बताउँछन् ।

‘केन्द्रले प्रविधिसंग सफट र हार्ड दुबै कुरा सिकाउँछ’ उनले भने,‘सफ्ट अन्र्तगत डिजाइनिङ्ग, प्रोग्राभिम लगायतका कुरा सिकाउँछौ ।’

कार्यशाला समापनमा सहभागीहरु विद्यार्थीहरुसंगै अभिभावक पनि सहभागी भए । 

समापनमा विद्यार्थीहरुले आफैले बनाएका रोबोटबीच फुटबल प्रतिस्पर्धा गरे । 

जनज्योति एजुकेशनल फाउण्डेशनका अध्यक्ष माधव प्रसाद जोशी, बुद्धिजीवि एबम् शिक्षा अधिकारी रामदत्त भट्ट लगायत समापनमा सहभागी भए ।

शिक्षा अधिकारी भट्टले अहिलेको शिक्षा सूचना प्रविधिसंग सम्बन्धित हुनु पर्ने बताए ।

विद्यालयले नविनतम प्रविधिसित विद्यार्थीलाई जोड्ने आयोजना गरेको कार्यशाला नमूना अभ्यासन भएको उनले उल्लेख गरे ।

विद्यालय निरीक्षक हुँदा आफूले विद्यालय अनुगनम गर्दा कम्युटर विषयका विद्यार्थीसित गरिएको कुराकानी सुनाए ।
सुदूरपश्चिमको पहाडी जिल्लामा विद्यालय अनुगमन गर्दा भट्टले कम्युटर कक्षाका विद्यार्थीहरुलाई कम्प्युटर कस्तो हुन्छ ? देखेको छौ कि छैन भनेर सोधे ।

विद्यार्थीहरुले जवाफ दिए– देखेको छौ, यो कम्प्यटुर पेज नं. ३६ मा छ । 

त्यसपछि भट्टले विद्यार्थीलाई अर्को प्रश्न सोधे– सरले कसरी पढाउन हुन्छ ?

विद्यार्थीहरुले भने– खापले पढाउन हुन्छ ।

भट्टले कार्यशाला समापनमा यहीं उदाहरण सुनाउँदै भने,‘अहिले पनि पहाड, विकट तिर यस्तो अवस्था हुन सक्छ, अहिले सूचना प्रविधिसित जोडिनु पर्ने सबैका लागि बाध्यता नै भइ सक्यो ।’

समापनमा सहभागी विद्यार्थीलाई प्रमाण पत्र प्रदान गरियो । सहभागीमध्ये प्रतिक जोशी, प्रज्वल चन्द, आभाष जोशी लगायतले आफ्नो अनुभव सुनाए ।

विद्यालयका प्रिन्सिपल जोशीले आगामी दिनमा नविनतम प्रविधिसंग सम्बन्धि विषयमा कार्यक्रम गर्दै जाने र कार्यशालालाई निरन्तरता दिइने बताए ।

 

Himal dental
सम्बन्धित
Loading...