

महेन्द्रनगर । कुटपिट घाइते भएका भीमदत्त नगरपालिका ४ स्थित ग्रान्ड प्यासिफिक रेष्टुरेन्टका सञ्चालक किशोर चन्दका भाई गोबिन्द चन्द अस्पतालबाट डिस्चार्ज भएका छन् ।
चन्दलाई बुधबार राति होटेलमा एक समूहले कुटपिट गरेको थियो । कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कुटपिटमा संलग्न सबैका खोजी तीब्र बनाएको छ । प्रहरीले घाइते चन्द उपचारपछि महाकाली प्रादेशिक अस्पतालबट डिस्चार्ज भएको जानकारी दिएको छ ।
प्रहरीले भीमदत्त ४ का समिर बुढा, सोही ठाउँका अबिशेक अवस्थी र बेदकोट नगरपालिका ७ सुडाका गौरब चन्द ठकुरी लगायतले होटेलभित्र पसेर चन्दमाथि कुटपिट गरेको जानकारी दिएको छ ।


