ghar sansar

देउवा पक्षीय सबै नेता काँग्रेस प्रदेश भेलामा सहभागी

little buddha academy
khasi

महेन्द्रनगर । नेपाली काँग्रेस सुदूरपश्चिम कार्य समितिले आयोजना गरेको भेलामा संस्थापन पक्ष बाहेकका काँग्रेस सुदूरपश्चिम प्रदेशका नेता कार्यकर्ता सहभागी भएका छन् ।

प्रदेश सभापति बीरबहादुर बलायरको अध्यक्षतामा सुरू भएको भेलामा नेता रमेश लेखक, नारायणप्रकाश साउँद, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट, सामाजिक विकास मन्त्री मेघराज खड्का, राष्ट्रिय सभा सदस्य तथा कैलाली जिल्ला सभापति नारायणदत्त मिश्र, पूर्व केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, पूर्व प्रदेश प्रमुख देवराज जोशी लगायत प्रदेशका पदाधिकारी र प्रदेशको सबै जिल्लाका देउवा पक्षीय नेता सहभागी भएका छन् ।

यसैगरी, भेलामा काँग्नेस पूर्व केन्द्रीय सदस्य नैनसिंह महर, मोहन बस्नेत, डाक्टर रणबहादुर रावल, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका पूर्वअर्थमन्त्री कुन्दनराज काफ्ले, पूर्व केन्द्रीय सदस्य नृपबहादुर वड, अर्जुनजङ्गबहादुर सिंह, गोविन्दबहादुर शाह, विद्या तिमिल्सिना लगायत सहभागी भए ।

भेलामा देउवा समूहका काँग्रेस जिल्ला सभापति र स्थानीय तहका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष लगायतका जनप्रतिनिधि पनि सहभागी भएको बताइएको छ ।

dirghayi clinic

धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टी सभापति गगन थापा पक्षप्रति तीव्र असन्तुष्टि जनाउँदै भ्रम फैलाएर काँग्रेस कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।

धनगढीमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै बलायरले नयाँ पुस्ताका नेताहरूले पार्टीको इतिहास, संघर्ष र बलिदान नबुझेको टिप्पणी गरे ।

गगन थापाको नाम नलिई उनले कटाक्ष गर्दै भने, ‘२०४० सालमा जन्मेकाहरूले बीपी कोइरालासँग बनारसमा भेटेको गफ दिइरहेका छन्, यस्तो अप्राकृतिक कुरा गरेर पार्टी चल्दैन ।’

सदस्यता नवीकरण र लेवीसम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बलायरले हिजो महामन्त्री हुँदा नवीकरणका लागि
परिपत्र गर्ने र आज त्यही विषयमा भ्रम फैलाउने काम भइरहेको आरोप लगाए । ‘रंगीन कुरा गरेर काँग्रेस चल्दैन,’ उनले भने ।

सम्बोधनका क्रममा बलायर निकै आक्रामक देखिएका थिए। उनले आफूहरू शेरबहादुर देउवाको प्रेरणाले काँग्रेसमा लागेको उल्लेख गर्दै कसैको घमण्डले पार्टी नचल्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...