ghar sansar

भीमदत्त अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने, विजेतालाई ५१ हजार नगद पुरस्कार

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । Shree Holy Family English Medium School को आयोजना तथा भीमदत्त नगरपालिकाको सह–प्रायोजनमा यही जेठ २४ गतेदेखि प्रतियोगिता सञ्चालन हुने भएको हो ।

विद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगितामा भीमदत्त नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूले सहभागिता जनाउन सक्नेछन् ।

विद्यालयस्तरमै क्रिकेट खेलको विकास, विद्यार्थीमा अनुशासन र नेतृत्व क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । प्रतियोगिता लिग–कम–नकआउट आधारमा सञ्चालन गरिनेछ । प्रत्येक टोलीमा १४ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक रहने व्यवस्था गरिएको छ ।

dirghayi clinic

खेल ICC तथा CAN को नियमअनुसार खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा ह्वाइट लेदर बल प्रयोग गरिनेछ । प्रतियोगिताको विजेता टोलीले नगद रु ५१ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु ३१ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज तथा उदीयमान खेलाडीलाई पनि नगदसहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी खेलाडीको उमेर १९ वर्षमुनि हुनुपर्ने व्यवस्था गरिएको छ ।

खेलाडीको योग्यता पुष्टि गर्न SEE मार्कसिट, IEMIS कोड वा कक्षा ८ को मार्कसिट पेश गर्नुपर्ने आयोजकले जनाएको
छ । खेलको ड्राइ जेठ २३ गते बिहान ८ बजे गरिनेछ भने सहभागी विद्यालयहरूले खेलाडीको विवरण तथा आवश्यक कागजातसहितको आधिकारिक पत्र प्रतियोगिता अघि बुझाउनु पर्नेछ ।

विद्यालय प्रशासनले प्रतियोगिताले विद्यालयस्तरमा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै खेलमार्फत स्वस्थ र सकारात्मक समाज निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । 

Himal dental
सम्बन्धित
Loading...