ghar sansar

होली फेमलीको खेल मैदानमा शुक्रबारदेखि भीमदत्त नगर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, उप मेयर लेखकले उद्घाटन गर्ने

little buddha academy
khasi

महेन्द्रनगर । भमिदत्त नगरपालिका–१० तिल्केनीस्थित होली फेमली इङ्गलिश मिडियम स्कुलले भीमदत्त नगरपालिकाको प्रायोजनमा भीमदत्त नगर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता २०८३” आयोजना हुन लागेको छ ।

प्रतियोगिता शुक्रबारदेखि विद्यालयको खेल मैदानमा सञ्चालन हुन लागेको छ । शुक्रबार विहान भीमदत्तका उप मेयर निलख लेअखक जोशीले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगिताबारे जानकारी दिन बिहीबार स्कुल परिसरमै पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य, सञ्चालन प्रक्रिया, पुरस्कार तथा व्यवस्थापनका विषयमा विस्तृत जानकारी गराइएको हो ।

प्रतियोगितामा भिमदत्त नगर क्षेत्रका १८ टिम सहभागी हुने छन् । खेल नकआउट चरणमा सञ्चालन गरिनेछ। प्रतियोगितालाई चार समुहमा विभाजन गरी सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा ३६ जना अफिसियल परिचालन गरिनेछ ।

dirghayi clinic

प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, “म्यान अफ द म्याच” लाई १ हजार ५ सय, “बेस्ट बलर” र “बेस्ट ब्याट्सम्यान” लाई जनही २ हजार ५ सय, “म्यान अफ द सिरिज” लाई ३ हजार तथा उदयीमान खेलाडीलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने आयोजक होलि फ्याम्ली स्कुलका सञ्चालक भुपाल सिंह विष्टले बताए ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी पनि अनावरण गरिएको छ । कार्यक्रममा विद्यालयका सञ्चालक भुपाल सिंह विष्टको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिका रूपमा भिमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी सहभागी रहेका थिए ।

त्यसैगरी, विशिष्ट अतिथिका रूपमा होली फ्याम्ली अंग्रेजी माध्यम स्कुलका सिस्टर म्यानेजर तथा प्याब्सन कञ्चनपुरका अध्यक्ष माहादेव प्रसाद भट्ट सहभागी थिए । कार्यक्रममा जिल्ला क्रिकेट संघ कञ्चनपुरका सचिव विशाल सोनार, सहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा भीमदत्तका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले सुदूरपश्चिममै पहिलो पटक विद्यालयस्तरीय यति ठूलो क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको उल्लेख गर्दै विद्यार्थीहरूलाई खेलमार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्ने विश्वास व्यक्त गरे। अन्य खेलकुद गतिविधि सञ्चालन हुँदै आए पनि क्रिकेटलाई प्राथमिकतामा राखेर यस्तो प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

विशिष्ट अतिथि माहादेव प्रसाद भट्टले विद्यालयले विगतदेखि नै विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको उल्लेख गर्दै यस प्रतियोगिताले भविष्यका उत्कृष्ट खेलाडी उत्पादन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार प्रतियोगिता जेठ १५ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ।

विद्यालयका सञ्चालक भुपाल सिंह विष्टले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने भिमदत्त नगरपालिका, कञ्चनपुर जिल्ला क्रिकेट संघ लगायत सम्पूर्ण सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै खेल सञ्चालनमा सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए।

Himal dental
सम्बन्धित
Loading...