ghar sansar

देउवा समूहको चर्को विरोधका बाबजुद पूर्व गृहमन्त्री लेखकको क्षेत्रमा काँग्रेस क्रियाशिल सदस्यता अद्यावधिक सुरु

little buddha academy
khasi

महेन्द्रनगर । काँग्रेस निवर्तमान सभापति शेर बहादुर देउवा समूहको चर्को असन्तुष्टिका बाबजुद काँग्रेसले कञ्चनपुर ३ मा क्रियाशिल सदस्यता अद्यावधिक सुरु गरेको छ ।

काँग्रेसले कञ्चनपुर ३ मा पूर्व नगर सभापति पदमराज अवस्थीलाई पदेन उप सभापति बनाएर पार्टी सदस्यता अद्यावधिक गर्ने जिम्मा दिएपछि देउवा समूहले विधान विपरित कार्य भन्दै विरोध गरेको थियो ।

काँग्रेस केन्द्रीय सदस्य सन्तोसी साउँद ऐरले क्रियाशिल सदस्यता अद्यावधिक सुरु गरेको क्षेत्रीय पदेन उप सभापति पदमराज अवस्थीले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालदबाट केन्द्रीय सदस्य ऐरीले सदस्यता अद्यावधिक सुरु गरेको जानकारी गराउँदै सबैमा सदस्यता अद्यावधिकका लागि आग्रह गरेका छन् ।

काँग्रेस विशेष महाधिवेशनबाट ऐरी केन्द्रीय सदस्य भएकी हुन् । अहिले क्षेत्रीय सभापति केशब चन्दको जिम्मेवारी खोसेर अवस्थीलाई पदेन उप सभापति बनाइएको हो ।

‘नेपाली काँग्रेसका केन्द्रीय सदस्य आदर्णिय बहिनी सन्तोषी साउदज्यूबाट कञ्चनपुर जिल्ला क्षेत्र नं ३ मा नेपाली कांग्रेस को क्रियाशील अध्यावधिक सुरु, नेपाली कांग्रेस का क्षेत्र नं ३ का सम्पूर्ण क्रियाशिल सदस्यज्यूहरुमा अध्यावधिक गर्नका लागि हार्दिक अनुरोध गर्दछु । क्षेत्र नं ३ उपसभापति तथा अध्यावधिक संयोजक, जय नेपाल’ अवस्थीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

काँग्रेस कञ्चनपुर ३ क्षेत्रीय समितिले अवस्थीलाई संयोजक बनाएपछि सामाजिक सञ्जालबाट असन्तुष्टि पोखेर विरोध गरेको छ । क्षेत्रीय समितिका सचिव उमेश जोशीले विधान विपरित कार्य स्वीकार्य नहुने भन्दै सामाजिक सञ्जालबाट चेतावनी दिएका छन् ।

‘कञ्चनपुर ३ मा काँग्रेस पार्टी सदस्यता अद्यावधिक जिम्मेवारी अवस्थीलाई आज केन्द्रीय कार्य समितिको नाममा भन्दै कन्चनपुर निर्वाचन क्षेत्र नं ३ का सभापति केशव बहादुर चन्दकोे पूर्ण र्अधिकार तथा पार्टी विधान बमोजिम भएको कार्यलाई बिराम लगाउने कार्य जुन भएको छ, सो कार्य निन्दनीय छ । पदम राज अवस्थी कोे नाम मा भएको आदेश मान्य छैन, हेक्का रहोस । जय नेपाल’ जोशीले सामाजिक सञ्जालमा लेखेका छन् ।

काँग्रेसले अवस्थीलाई अद्यावधिकको जिम्मा दिएपछि कञ्चनपुर ३ का अधिकाँश वडाले क्रियाशिल अद्यावधिक नगर्ने चेतावनी दिएका छन् । कञ्चनपुर ३ मा ३० वडा छन् ।

कञ्चनपुर ३ पूर्व गृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्र हो । विशेष महाधिवेशन अघि लेखक काँग्रेस केन्द्रीय सदस्य थिए ।

dirghayi clinic

विशेष महाधिवेशनबाट गगन थापा काँग्रेस सभापति भएपछि लेखकलाई गत फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार हुन रोकिएको थियो ।

थापाले काँग्रेसका पूर्व जिल्ला सभापति हरि प्रसाद बोहरालाई उम्मेदवार बनाएका थिए । लेखकका विश्वासपात्र बोहरा विशेष महाधिवेशनमा सहभागी भएपछि लेखकलाई टिकट नदिई उनलाई दिइएको थियो ।

अवस्थी पूर्व गृहमन्त्री रमेश लेखकका विश्वास पात्र हुन् । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको काँग्रेसलाई वैधानिकता दिएपछि उनी लेखक छाडेर गगन थापा काँग्रेसमा पुगेका छन् । अवस्थी भीमदत्त नगरपालिका ५ का वडा अध्यक्ष एबम् काँग्रेसका प्रवक्ता हुन् ।

काँग्रेस १४ औं महाधिवेशनबाट चन्द काँग्रेस कञ्चनपुर ३ को क्षेत्रीय सभापति निर्वाचित भएका हुन् । चन्दसंगै अवस्थी कञ्चनपुर ३ प्रदेश क्षेत्र नं. १ को सभापति निर्वाचित भएका थिए ।

चन्द र अवस्थी दुबै कञ्चनपुर काँग्रेसमा पूर्व गृहमन्त्री लेखक समूहका हुन् । काँग्रेस विशेष महाधिवेशन अघि कञ्चनपुर काँग्रेसमा तत्कालिन संस्थापन देउवाका दुई समूह थिए । ती दुई समूहको नेतृत्वको पूर्व गृहमन्त्री लेखक र पूर्व पर राष्ट्रमन्त्री एनपी साउँदले गर्दै आएका थिए ।

काँग्रेसले शनिबार धनगढीमा प्रदेश भेला गरेपछि देउवा पक्षीय सबै नेताहरु सहभागी भएका थिए । कञ्चनपुर काँग्रेस सभापति पदम बोगटीले महाधिवेशन गगन थापालाई देखाई दिने सार्वजनिक चेतावनी दिएका छन् ।

यस अघि काँग्रेस सभापति थापा आफैं आएर धनगढीमा भेला गरेका थिए । भेलालाई काँग्रेस प्रदेश सभापति बीर बहादुर बलायरले बहिस्कार गरेका थिए ।

देउवा पक्षको धनगढी भेलापछि काँग्रेस केन्द्रीय समितिले अवस्थीलाई सदस्यता अद्यावधिक गर्ने जिम्मेवारी दिएको हो ।

काँग्रेस विशेष महाधिवेशनमा कञ्चनपुर काँग्रेसका पूर्व सभापति हरि प्रसाद बोहरा, दिवाकर पाण्डेय, गोपाल गुरुङ्ग, सन्तोसी साउँद लगायत नेताहरु सहभागी भएका थिए ।

विशेष महाधिवेशनबाट साउँद केन्द्रीय सदस्य भएकी थिइन् । बोहरा फागुन २१ गते निर्वाचनमा कञ्चनपुर ३ बाट चुनाव लडेका थिए ।

Himal dental
सम्बन्धित
Loading...