ghar sansar

होली फेमलीमा भीमदत्त स्तरीय टी २० क्रिकेट प्रतियोगिता – तेस्रो दिन तीन खेल, इन्टरनेशनल, मर्निङ्ग ग्लोरी र वेष्टर्न विजयी

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेम्ली ईङ्गलिश मिडियम स्कूलमा सञ्चालित भीमदत्त नगरपालिका अन्तर मावि स्तरीय टि–२० प्रतियोगिताको तेस्रो दिन सोमबा तीन खेल भएका छन् ।

सोमबार भएका खेलमा इन्टरनेशनल पब्लिक स्कुल, वेस्टर्न पब्लिक एकेडेमी र मर्निङ ग्लोरी सेकेन्डरी स्कुल विजयी भएका हुन् । पहिलो खेलमा ईन्टरनेशनल महेन्दनगर नमुना माविसंग ३९ रनअन्तर, दोस्रो खेलमा मर्निङ्ग ग्लोरी बैजनाथ माविसंग १४ रनअन्तर र तेस्रो खेलमा वेस्टर्न पब्लिक लक्ष्मी माविसंग ३७ रन अन्तरले विजयी भएका हुन् ।

पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इन्टरनेशनल पब्लिक स्कुलले १९ दशमलव १ ओभरमा ८२ रन बनायो । इन्टरनेशनलका लागि प्रिन्सले ३३ तथा हिमालले २२ रनको योगदान गरे । बलिङतर्फ महेन्द्रनगर नमुना माविका महेन्द्र रावतले चार ओभर बलिङ्ग गर्दै २८ रन खर्चेर ४ विकेट लिए भने सम्रराट जोशीले ४ ओभर बलिङ्ग गर्दै ३ विकेट लिए ।

८३ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको महेन्द्रनगर नमुना मावि १५ दशमलव ५ ओभरमा अलआउट हुदै ४३ रनमा समेटीएको हो । बलिङमा इन्टरनेशनलका प्रिन्स भण्डारीले ३ ओभर बलिङ्ग गर्दै २ मेडन राख्दै हेट्रिक सहित ३ विकेट लिए । प्रिन्स भण्डारी प्लेयर अफ द म्याच घोषित भए ।

dirghayi clinic

दोस्रो खेलमा टस जितेर व्याटिङ्ग रोजेको मर्निङ ग्लोरीले १९.३ ओभरमा १ सय २१ रन बनाउँदै अलआउट भयो । मर्निङ्ग ग्लोरीका लागि सार्वाधिक ३१ रन जोडेका अमुल भाट प्लेयर अफ द म्याच घोषित भए । उनले २६ बल बलिङ्ग गरेका थिए । जवाफी ब्याटिङमा उत्रिएको बैजनाथ मावि १०७ रनमा समेटियो ।

तेस्रो खेलमा टस जितेर व्याटिङ्ग रोजेको वेस्टर्नले १९.२ ओभरमा अलआउट हुदै १ सय १२ रनको लक्ष्य दिएको हो । जवाफी व्याटिङ्गमा मैदान उत्रेको लक्ष्मी मावि ११.१ ओभरमा ७३ रन बनाउदै अलआउट हुनपुग्दा वेस्टर्नले ३७ रनको जित दर्ता गरेको हो ।

प्रतियोगितामा भीमदत्तका १८ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले टीमले नगद रु ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि प्राप्त गर्ने छ ।

उपविजेताले नगद रु ३१ हजार १ सय ११ प्राप्त गर्नेछन । त्यसैगरी म्यान अफ द म्याच लाई १ हजार ५ सय, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान लाई जनही २ हजार ५ सय, म्यान अफ द सिरिज लाई ३ हजार तथा उदयीमान खेलाडीलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

होली फेमली स्कुलले भीमदत्त नगरपालिकाको सह प्रायोजनमा आयोजना गरेको प्रतियोगिता जेठ २३ गते सञ्चालन हुने विद्यालयका एसिस्टेन्ट मेनेजर महादेब प्रसाद भट्टले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...