ghar sansar

भीमदत्त नगर मावि स्तरीय टी २० क्रिकेट प्रतियोगिता : चौथो दिनका दुई खेलामा आयोजक होली फेमली र लिटिल बुद्धको जित, दुबै टीम सुपर आठमा

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेमली इङ्गशिल मिडियम स्कुलमा सञ्चालित भीमदत्त नगर मावि स्तरीय टी २० क्रिकेट प्रतियोगितामा मंगलबार लिटिल बुद्ध एकेडेमी र होली फेम्ली इङ्गलिश मिडियम स्कुल विजय भएका छन् । यो प्रतियोगिता होली फेमलीको आयोजनामा सञ्चालन गरिएको हो ।

विद्यालयको खेल मैदानमा चौथो दिन मंगलबार पहिलो खेलमा लिटिल बुद्ध एकेडेमीले रेडियन्ट माविलाई १ सय २५ रन अन्तरले हराएको छ । दोस्रो खेलमा आयोजक होली फेमलीले टिम फ्लोरिडा इन्टरनेसनललाई ५१ रन अन्तरले हराउँदै जित निकालेको छ ।

पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको लिटिल बुद्धले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनायो । लिटिल बुद्धका रोहन टमाटाले २६ बल खेल्दै २६ रन बनाए ।

१८४ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको रेडियन्ट माविले १२.३ ओभरमा सबै विकेट गुमाउँदै ५९ रन मात्र जोड्न सक्यो । लिटिल बुद्धका श्याम भट्ट र कुनाल विष्टले समान ३÷३ विकेट लिए । यो जितसंगै लिटिल बुद्ध सुपर ८ मा पुगेको छ ।

दोस्रो खेलमा टस हारेर ब्याटिङ्ग गर्दै आयोजक होली फ्यामिली इङ्लिस मिडियम स्कुलले १९.१ मा ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०९ रन बनायो ।

dirghayi clinic

होली फ्यामिलीका निरज पन्तले एक चौकाको मद्दतबाट २६ बलमा २६ रनको योगदान दिए । त्यसैगरी हिमेश भट्टले २९ बलको सामना गर्दै ३१ रन जोडे । बलिङतर्फ फलोरुडा इन्टरनेसनलका अर्नव सुनार र नितेश जोशीले समान ३÷३ विकेट लिए ।

११० रनको मध्यम लक्ष्य पछ्याएको फ्लोरिडा इन्टरनेसनल १० ओभरमै अल आउट हुँदै ५८ रनमा सीमित हुन पुग्यो ।
बलिङतर्फ होली फ्यामिलीका तपन अवस्थीले ५ विकेट लिए ।

उनले ४ ओभर बलिङ गर्दै २१ रन मात्रै खर्चे । त्यस्तै लक्ष्मण नाथले तीन विकेट हात पारे। होली फेमिली इङ्लिस मिडियम स्कुलका तपन अवस्थि म्याच घोषित भएका छन् ।

प्रतियोगितामा भीमदत्तका १८ वटा टिम सहभागी छन् । प्रतियोगितामा विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी र उप विजेताले नगद ३१ हजार १ सय ११ पुरस्कार सहित ट्रफी पाउने छन् ।

यसैगरी म्यान अफ द म्याच लाई १ हजार ५ सय, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान लाई जनही २ हजार ५ सय, म्यान अफ द सिरिज लाई ३ हजार तथा उदयीमान खेलाडीलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।

होली फेमली स्कुलले भीमदत्त नगरपालिकाको सह प्रायोजनमा आयोजना गरेको प्रतियोगिता जेठ २३ गते समापन हुने विद्यालयका एसिस्टेन्ट मेनेजर महादेब प्रसाद भट्टले बताए ।

     

Himal dental
सम्बन्धित
Loading...