ghar sansar

बैतडी रास्वपा सभापतिमा नाथ, कञ्चनपुरमा को होला ?

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम नाथ चयन भएका छन् । प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा नाथ सभापतिमा दोहोरिएको रास्वपा बैतडी उपसभापति हेमन्तकुमार ऐरले जानकारी दिए ।

dirghayi clinic

अधिवेशनबाट उपसभापतिमा हेमन्तकुमार ऐर, सचिवमा हरिश जोशी र सहसचिवमा जनकबहादुर गडाल चयन भएका छन्। सदस्यहरूमा शालिभानसिंह धामी, पूजा महर, करणसिंह सुतार, मानमती नाथ, सुरेश विष्ट र बबिता साउँद चयन भएका छन्। कोषाध्यक्ष भने नयाँ कार्यसमितिले पछि मनोनयन गर्ने जनाइएको छ ।

,orning glory badhai

कञ्चनपुरमा प्रथम अधिवेशनमा जिल्ला सभापतिका लागि पदम विष्ट र नविन चन्द उम्मेदवार भएका छन् । विष्ट तदर्थ समिति हुँदै सभापति भएका हुन् । प्रथम अधिवेशनबाट उनी फेरि सभापतिमा दोहोरिन खोजेका छन् ।

सिटी हलमा आइतबार विहान सम्मेलन उद्घाटन गरिएको छ । निर्वाचनमा सभापति छान्ने नेताहरु बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...