ghar sansar

भन्सारले गर्दैछ दुई सय सवारी कबाडमा लिलाम

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा झण्डै दुई सय सवारी कबाड अर्थात स्क्रेपमा लिलाम हुन लागेका छन् । भन्सार कार्यालयले सार्वजनिक सूचना आव्हान गरी ती सवारी साधन लिलाम प्रक्रिया अघि बढाएको हो । चार दिन अघि कार्यालयले १५ दिने सूचना सार्वजनिक गरेको थियो ।

कबाडी मूल्यमा लिलाम हुने सवारीमा सबैभन्दा बढी मोटरसाइकल छन् । मोटरसाइकल १ सय ८४ थान छन् । त्यसैगरी जीप, ट्रक र ट्रयाकटर छ्न । कार्यालयको सार्वजनिक सूचना अनुसार जीप र ट्रक २÷२ थान र १ थान ट्याक्टर छन् ।

,orning glory badhai

यी सवारीसंगै यातायात व्यवस्था कार्यालयबाट नम्बर लिन सकिने २१ थान मोटरसाइकल पनि लिलाम गर्न लागिएको छ । ती सवारी न्यूनतम मूल्य तोकेर बढाबढी मूल्यमा बिक्री गर्न लागिएका छन् । सबैभन्दा बढी मूल्यको सवारी १ लाख २० हजारको छ । त्यो बाहेक १६ हजार देखि ३० हजार न्यूनतम मूल्य राखिएका सवारी छन् ।

अहिले सवारी साधन लिलाम गर्न चाहने व्यक्तिले कार्यालय गएर सवारी हेर्ने र शिलबन्दी फाराम बिक्री सुरु भएको कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत चक्रदेब भट्टले बताए ।

शिलबन्दी फारामका एक हजार शुल्क तोकिएको छ । निमित्त भन्सार कार्यालय प्रमुख भट्टले सवारी साधनको भौतिक अवस्था र उत्पादन मिति लयायतका आधारमा सवारी साधन कबाडमा लिलामका लागि राखिने बताए ।

निमित्त भन्सार प्रमुख भट्टका अनुसार उत्पादन समय १० बर्ष भन्दा बढी पुगेका सवारी स्वतः कबाड मूल्यमा बिक्री हुने गरेका छन् । उत्पादन समय १० बर्ष नपुगेका सवारी भौतिक अवस्थाका आधारमा लिलाममा बिक्री हुने गरेका हुन । त्यसका लागि सवारीको इन्जिन वा चेसिसको अवस्था हेरेर मूल्याङ्कन गर्ने गरिएको छ ।

निमित्त भन्सार अधिकृत भट्टले सवारीको इन्जिन वा चेसिस पन्चिङ्ग भए नभएको तथा खिइएको छ छैन भनेर अवस्था हेरेर लिलालमा राखिने जानकारी दिए ।

मालवस्तुको अवैध निकासी पैठारी लगायत अन्य गैर कानुनी धन्दामा संलग्न सवारी सुरक्षा निकायले नियन्त्रणमा लिएपछि कारवाहीका लागि भन्सार कार्यालयमा पठाउने गरेका छन् ।

भन्सार कार्यालयले प्रचलित कानुन अनुसार ती सवारीको मूल्याङ्कन गरी लिलाममा बिक्री गर्दै आएको हो ।

अहिले कबाडमा लिलाम हुन लागेका केही सवारी धेरै बर्र्षौदेखि कार्यालयमा थन्किएका थिए । कार्यालयले समयमा लिलाम गर्न नसक्दा पनि केही सवारी कबाड मूल्यमा बिक्री हुने अवस्थामा पुगेका हुन् ।

dirghayi clinic

निमित्त भन्सार प्रमुख भट्टले पछिल्लो तीन बर्षदेखि नियमित रुपमा सवारी लिलाम हुदै आएको बताए । गत बर्ष २ सय १२ थान सवारी कबाडमा लिलाम बिक्री गरिएका थिए । त्यो बाहेक १ सय १२ थान सवारी यातायात दर्ता भएका थिए ।

अघिल्लो बर्ष १० गाडी सहित सवारी साधन लिलाम बिक्री गरिएका थिए । त्यस अघिका केही बर्ष लिलाम प्रक्रिया हुन नसकेर सवारी साधन भन्सार गोदाममा थन्किएका थिए ।

कार्यालय प्रमुखले लिलाममा लफडा हुने डरले प्रक्रिया सुरु नगरी राखि दिएका थिए ।

२०७४ मा सवारी लिलाम प्रक्रियामा शिलबन्दी फाराम च्यातेर लफडा भएपछि भन्सार कर्मचारी सुरक्षा गर्न नसकेको भन्दै विवादमा तानिएका थिए ।

त्यही विवादपछि सवारी लिलाम रोकिन पुगेको भन्सार अधिकारीहरु बताउँछन् ।

भन्सार बिभागले लिल्लाम प्रक्रिया थाल्न कार्यालयलाई पटक पटक निर्देशन दिएको थियो । भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत भट्टले बिगत लिलाम प्रक्रिया रोकिए पनि पछिल्लो तीन बर्षमा नियमित लिलाम गरिएको बताए ।

यसरी हुन्छन सवारी लिलाम

सुरक्षा निकायले कार्यालय बुझाएपछि सबैभन्दा हक दाबीको १५ दिने सूचना लगाउछ । त्यो अवधिभित्र सम्बन्धित सवारी धनी हक दावी गर्न नाआएमा प्रमुख भन्सार अधिकृतले लिलाम प्रक्रिया अघि बढाउँछन् ।

लिलाम हुने सवारी संकलन गरी कार्यालय आफ्नो आन्तरिक काम थाल्छ । त्यसमा भन्सार कर्मचारीले सवारीको अवस्था निरीक्षण गरिन्छ । यो काम बढीमा दुई पटक सम्म हुने गर्छ । त्यसपछि मेकानिकल इन्जिनियर बोलाएर मूल्याङ्कन गरिन्छ ।

अहिले यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियरले मूल्याङ्कन गछ्र्न । केही बर्ष अघिसम्म मेकानिकल इन्जिनियर नपाएर मूल्याङ्कन हुन नसकेर वर्षौ सवारी लिलाम रोकिने गरेको थियो ।

मूल्याङ्कन पछि प्रमुख भन्सार अधिकृत नेतृत्वको भन्सार मूल्याङ्ग,समितिले लिलाम गर्ने निर्णय गरेपछि कार्यालयले सार्वजनिक सूचना गर्छ ।

प्रमुख भन्सार अधिकृत नेतृत्वको समितिमा प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय,कोष तथा लेखा नियन्त्रक कार्यालय र कञ्चनपुर उद्योग बाणिज्य संघका प्रतिनिधि सदस्य हुने गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...