ghar sansar

उत्तम चन्द स्मृति प्रतिष्ठान कञ्चनपुर अध्यक्षमा पूर्व डिआइजी चन्द

little buddha academy
khasi

महेन्द्रनगर । पूर्व नायब प्रहरी महानिरीक्षक(डिआइजी) गणेश चन्द उत्तम चन्द स्मृति प्रतिष्ठान कञ्चनपुरको अध्यक्ष चयन भएका छन् ।

बैजनाथ माध्यमिक विद्यालयमा शनिबार प्रतिष्ठानको प्रथम साधारण सभाबाट चन्दको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ ।

,orning glory badhai

बैजनाथ माविका संस्थापक प्रधानाध्यापक स्वर्गिय चन्दको सम्मानमा प्रतिष्ठान गठन गरिएको हो । अध्यक्ष चन्द स्वर्गिय प्रधानाध्यापक चन्दका पुत्र हुन् ।

dirghayi clinic

साधारण सभाबाट उपाध्यक्षमा नारा जोशी, सचिव राम चन्द्र भट्ट र कोषाध्यक्ष नारायण बहादुर चन्द चुनिएका छन् ।
समिति गजेन्द्र देब लेखक, शुसिला स्वाँर र बिरेन्द्र प्रशाद तिवारी सदस्य चयन भएका छन् ।

सुभाष बहादुर सिंह समितिको सल्लाहकार संयोजक भएका छन् । समितिले विद्यालयमा ५ सय जना क्षमताको मेगा हल बनाउने पहिलो निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष चन्दको अध्यक्षतामा गरिएको साधारण सभामा बैजनाथ माविका पूर्व प्रधानाध्यापक बीर बहादुर चन्द प्रमुख अतिथि थिए ।

साधारण सभामा समितिका सदस्य, विद्यालयका पूर्व विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश खत्री, शिक्षक अभिभावक संघका अध्यक्ष नवजराज भट्ट, प्रधानाध्यापक डबल बहादुर विष्ट लगायत सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...