
होली फेम्ली राष्ट्रिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप’ मा समूह चरणका खेल सकिए, सेमि फाइनल पुग्ने टीमको टुङ्गो


महेन्द्रनगर । होली फेम्ली राष्ट्रिय क्रिकेट ‘स्कुल लेबल च्याम्पियनसिप’ अन्तरगत समूह चरणका खेल सकिएपछि शनिबार अन्तिम चारमा पुग्ने टिमको टुङ्गो लागेको छ । समुह ‘वि’बाट महेन्द्रनगर मावि(साधारण ) र समुह ‘डि’ बाट वात्सल्या विद्या निकेतन सेमिफाईनल प्रवेश गरेका छन् ।
दुई टोलीको टुङ्गो शुक्रबार नै लागिसेको थियो । शुक्रबार सेमिफाईन पुग्ने टोलीमा समूह ‘ए’ बाट महाकाली सेकेन्डरी स्कुल गुलरिया र समूह ‘सी’ बाट होली फेमिली इङ्लिस मिडियम स्कूल छन् ।

शनिबार भएको पहिलो खेलमा बात्सल्याले लिटिल स्टारलाई १३८ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । टस जितेर पहिलो व्याटिङ्ग गरेको बात्सल्याले निर्धारित १५ ओभरको खेलमा एक सय ९७ रन जोडेको थियो । बात्सल्यका कप्तान हिमाल पत्ले ८ चौका र ४ छक्काको मदतले सतकिय पारी खेलेका छन् ।
उनले ४६ बलको सामना गरका थिए । त्यसैगरी वात्सल्याका लागि मानव विष्टले ६७ रनको योगदान दिए । बलिङ्गतर्फ लिटिल स्टारका कपिल नाथ, आशिष चन्दले समान १÷१ विकेट लिए ।
जवाफि व्यटिङ्ग गरेको लिटिल स्टार १४ ओभरको समाप्तीमा अलआउट हुदै ५९ रनमा प्याक भएको हो । लिटिल स्टारका कप्तानले ३२ रन जोडेपनि जितका लागि प्रयाप्त भएन् । त्यसैगरी बलिङ्गतर्फ हिमाल पन्तले ३, अन्जीत धामी र महेश विष्टले समान २÷२ विकेट लिए ।

शनिबारको दोस्रो खेलमा ईन्टरनेशनलले सत्यवादि सेकेण्डरी स्कूललाई १० विकेटले पराजित गरेको छ । टस जितेर पहिलो व्याटिङ्ग रोजेको सत्यवादीले १०.२ ओभरको समाप्तीमा अलओभर हुदै ३२ रनको योगफल तयार पारेको हो । सत्यवादीलाई सस्तैमा समेट्नेक्रममा ईन्टरनेशनलका सत्यम कुवरले ४, विराट सिंहले ३ विकेट लिए ।
झिनो लक्ष्य पछ्याएको ईन्टरनेशनलले २.३ ओभरमै लक्ष्य भेटाएको हो । जित हात पारेपनि रनरेट कम हुदा ईन्टरनेशन सेमिफाईन प्रवेशबाट रोकिएको छ । ईन्टरनेशनलले सत्यवादीलाई १.३ ओभरमा जितेको भए सेमिफाईनल यात्रा तय गर्ने थियो ।
शनिबारको तेस्रो खेलमा बात्यल्यले ज्ञानोदयलाई १० विकेटले हराएको छ । पहिले व्याटिङ्ग गरेको ज्ञानोदयले ८.१ भरमा आफ्ना सवै विकेट गुमाउदै २० रनमा प्याक भयो । वात्सल्यका हिमाल पन्त र धिरेन्द्र विष्टले समान ३÷३ विकेट लिए । २० रनको लक्ष्य पाएको बात्सल्यले एक ओभरमै विना विकेटको क्षतिमा लक्ष्य भेटाएको हो ।
सेमिफाईनलका खेल आईतबार नकआउट प्रणालिमा खेलाईनेछ ।
कञ्चनपुर जिल्ला क्रिकेट संघले होली फेमली इङ्गलिश मिडियम स्कुलसित सहकार्य गरी सञ्चालन गरेको प्रतियोगितामा १६ विद्यालयका टीम सहभागी भएका छन् ।
होली फेमली स्कुको खेल मैदान सञ्चालन भइ रहेको प्रतियोगिताको च्याम्पियन टीम कञ्चनपुरको प्रतिनिधित्व गर्दै सुदूरपश्चिम स्तरीय क्रिकेट प्रतियोगिताका लागि छनौट हुने होली फेमली स्कुलका एसिस्टेन्ट मेनेजर महादेब भट्टले जानकारी दिए । प्रतियोगिता असार ३ गते समापन हुनेछ ।
