ghar sansar

शुक्लाफाँटामा एमालेको विशेष जागरण अभियान सुरु, अन्य पालिकामा पनि हुँदै

little buddha academy
khasi

महेन्द्रनगर । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा अनपेक्षित हार व्यहोरेको नेकपा एमालेको शुक्लाफाँटा नगरपालिकामा पार्टी विशेष जागरण अभियान सुरु भएको छ ।

एमाले केन्द्रीय कमिटीले केही दिन अघि देशभरका सबै पालिकामा पार्टी विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीले पालिकामा अभियान सञ्चालनका लागि नेताहरुलाई जिम्मेवारी दिएको थियो ।

,orning glory badhai

शुक्लाफाँटा नगरपालिकामा अभियान सञ्चालनको जिम्मेवारी राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष बचन बहादुर सिहलाई दिइएको हो । केन्द्रीय कमिटीले दिएको जिम्मेवारी दिएपछि आइतबार सिहले शुक्लाफाँटा नगरपालिकामा अभियान सुरु गरेका हुन् ।

कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिकाबाट सबैभन्दा पहिले अभियान सुरु गरिएको छ । सुदूरपश्चिम प्रदेशका कञ्चनपुर बाहेक अन्य जिल्ला अभियान सञ्चालनका लागि नेताहरु तयारी गरि रहेका छन् ।

पार्टी र नेता कार्यकर्ता तथा जनता र पार्टीबीचको सम्बन्ध बलियो बनाउने लक्ष्य लिएर अभियान सञ्चालन गरिएको नेता सिहले बताए ।

‘या नेकपा एमाले केन्द्रीय कमिटीको निर्णय अनुरा पार्टी जागरणको विशेष अभियान २०८३( मिसन पार्टी जागरण ) अभियान शुक्लाफाँटा नगरपालिकामा पालिकाका प्रदेश कमिटी, प्रदेश निकाय , जिल्ला कमिटी, जिल्ला सल्लाहाकार र नगर पदाधिकारीसित बैठक गरी छलफल गरिएको छ’ सिंहले भने, ‘यसमा पार्टी र कार्यकर्ता तथा जनता र पार्टीबीचको सम्बन्ध बलियो बनाउने सुधार्ने लगायतका कार्य गर्ने लक्ष्य लिएर सुरु गरेका छौ ।’

dirghayi clinic

आइतबार शुक्लाफाँटामा अभियान अन्र्तगत पालिकाका प्रदेश कमिटी, प्रदेश निकाय जिल्ला कमिटी, जिल्ला सल्लाहाकार र नगर पदाधिकारीसित बैठक गरी छलफल गरिएको छ ।

फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा सिह कञ्चनपुर २ बाट चुनाव लडेका हुन् । अहिले उनलाई शुक्लाफाँटा विशेष अभियान सञ्चालन गर्ने जिम्मेवारी दिइएको हो । 

कञ्चनपुरमा एमाले प्रतिनिधि सभाका तीन ओटै सीटमा पराजित भएको थियो । त्यस अघि तत्कालिन काँग्रेस र माओवादी केन्द्रको गठबन्धनसित चुनाव लड्दा समेत कञ्चनपुर १ मा एमाले प्रतिनिधि सभा निर्वाचन जितेको थियो ।
चुनाव हारपछि एमाले पहिलो पटक जागरण अभियान लिएर गाउँ वस्तीमा पुगेको हो ।

कञ्चनपुरका सबै ९ ओटै पालिकामा अभियान सञ्चालनका लागि नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

एमालेका कञ्चनपुर इन्चार्ज एबम् प्रतिनिधि सभा सदस्य कृपाराम रानालाई बेदकोट नगरपालिकामा अभियान सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ । बेदकोट रानाको गृह नगर हो ।

एमाले केन्द्रीय लेखा आयोग सचिव ईश्वरी खरेल भीमदत्त, पूर्व साँसद डा. दिपक प्रकाश भट्ट दोधारा चाँदनी, पूर्व कर्णाली प्रदेश प्रमुख गोबिन्द कलौनी कृष्णपुर र यन्दु कडरिया विष्टलाई लालझाडीमा अभियान सञ्चालनका लागि जिम्मेवारी दिइएको छ ।

एमाले केन्द्रीय सदस्य कमला बोहरा बेलौरी, पूर्व केन्द्रीय सदस्य नर बहादुर धामी बेलडाँडी र पूर्व साँसद तारालामा तामाङ्गले पुनर्वासमा अभियान सञ्चालन गर्ने जिम्मा पाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...