ghar sansar

बनकट्टीको बैजनाथ आधारभूत विद्यालयमा अखण्ड रामायण पाठ, साँसद महतादेखि उप मेयरसम्म सहभागी

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १४ बनकट्टीस्थित बैजनाथ आधारभूत विद्यालयमा ‘अखण्ड रामायण पाठ, सांगितिक भजन–कीर्तन’ तथा अवन कार्यक्रम गरिएको छ । शनिबारदेखि आइतबारसम्म विद्यालय प्राङ्गणमा कार्यक्रम गरिएको छ ।

रीतिवाज परम्परा र सस्कृति जोडेर विद्यार्थीहरुको सिकाई र धार्मिक क्रियाकलापलाई जोडेर संगै लैजानका लागि लगाईएको अखण्ड रामायण धार्मिक अनुष्ठान कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक पुष्पमणी जोशीले बताए ।

,orning glory badhai

‘यो समाजमा रहेका विभिन्न जातजाती, धर्म, परम्परा, पेषा भएका मानिसहरुविच आत्मियता जोड्न, धार्मिक चेतनाको बृद्धि, नैतिक शिक्षाको ज्ञान, बालबालिकाहरुलाई आफ्नो कला संस्कृति प्रदर्शन गर्ने बातावरण सृजना गर्ने उदेश्यले लगाईएको यो अनुष्ठान स्थानीय मानिसहरुले भजनकृतन गरी रातभरी मनाईएको छ,’ प्रधानाध्यापक जोशीले भने, ‘सामाजिक क्रियाकलाप प्रति यहाका बृद्धिजिवि, शिक्षाप्रेमी र अभिभावकहरुको एकता सिर्जना भएको देखियो, ऐतिहासिक रुपमा सम्पन्न गरीएको अनुष्ठानले समाजमा एकता, आएको र विद्यार्थीहरुले धार्मिक क्रियाकलापका बारेमा जानकारी पाएका छन् ।’

उनले कार्यक्रममा विभिन्न तवरमा साथ सहयोग गर्ने सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गरेका छन् । विद्यालयमा पहिलो पटक पठन पाठनका साथै साँस्कृति कार्यक्रम गरिएको छ । उक्त धार्मिक अनुष्ठानमा ९ पण्डित मार्फत एकै पटक अनुष्ठान गरिएको छ ।

dirghayi clinic

अढाई वर्ष अघि जोशी विद्यालयको प्रधानाध्यापक भएपछि तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर खातीले महायज्ञ लगाउने प्रस्ताव ल्याएका थिए ।

अध्यक्ष खातीको प्रस्ताव अनुुसार हरिशरण महाराजलाई विद्यालयमा आमन्त्रण गरी तयारी गरिएको थियो । अध्यक्ष खातीको अचानक स्वास्थ्यमा समस्या आएपछि उनी उपचारका लागि काठमाडौं गएका थिए । खातीको गत वर्ष निधन भएको थियो ।

अखण्ड रामायण, कथा बाचन, भजन किर्तन, पुजापाठ सहित विद्यार्थीका विविध साँस्कृतिक कलाकौशल प्रर्दशन गरीएको विद्यालय व्यवस्थापन समिति सदस्य विर बहादुर नेगीले बताए । कार्यक्रममा आउने, भौतिक एव नगद सहयोग बाफत विद्यालयकै बृद्धि विकासका खर्च गरिने बताउँदै प्रधानाध्यापक जोशीले समुदाय मिले मात्रै विद्यालयको बृद्धि विकास हुने बताए ।

पुष्पमणी जोशीले तीन बर्ष अघि उक्त विद्यालयको नेतृत्व लिएपछि विद्यार्थीको आकर्षण बृद्धिका साथै विद्यालयको बृद्धि विकास भईरहेको छ । समुदाय, अभिभवाक,देखि विद्यार्थीको रोजाईमा परेको उक्त विद्यालयमा अहिले विद्यार्थी संख्या समेत बृद्धि भइरहेको जनाएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर भण्डारीले अभिभावक, स्थानीयदेखि सरोकारवाला निकायको साथ सहयोगले धार्मिक कार्यक्रम सम्पन्न गरिएको बताए ।

कार्यक्रममा क्षेत्र नं. ३ का सांसद ज्ञानेन्द्र सिह महता, उप्रमुख निलम लेखक जोशी, भीनपा १४ का वडा अध्यक्ष भोजराज जोशी लगायत जनप्रतिनिधि लगायत स्थानीय उपस्थित भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...