

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक गर्दैछ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार वृद्धि गरी बजेट ल्याउन लागेको छ ।

चालु आर्थिक वर्ष २०८२÷८३ मा प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको थियो । प्रदेश सभामा आज अपराह्न बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। बजेट सार्वजनिक हुनुअघि मन्त्रालयहरूमा अन्तिम तयारी तीव्र बनाइएको छ ।

केही दिनअघि मन्त्रिपरिषद् पुनर्गठन हुँदा आर्थिक मामिला मन्त्रालयसहित तीन मन्त्रालयमा मन्त्री परिवर्तन भएका थिए । आर्थिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका विक्रमसिंह धामीले बजेटका केही प्राथमिकता र कार्यक्रम पुनरावलोकन गरेका छन् ।
प्रदेश सभामा प्रस्तुत हुने बजेटले प्रदेशको विकास प्राथमिकता, राजस्व व्यवस्थापन र पूर्वाधार निर्माणका योजनालाई स्पष्ट दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ ।

