ghar sansar

बेलौरीको वात्सल्यालाई होली फेम्ली राष्ट्रिय स्कूल लेभल च्याम्पियनशिप उपाधि

little buddha academy
khasi

महेन्द्रनगर । होली फेम्ली राष्टिय ’स्कूल लेभल च्याम्पियनशिप’ को उपाधि बात्सल्या विद्या निकेतनले जितेको छ । सोमबार भएको फाइनल खेलमा आयोजक होली फेमलीलाई ३५ रन अन्तरले पराजित गर्दै वात्सल्य विद्या निकेतन बेलौरी च्याम्पियन भएका छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको वात्सल्यले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ११८ रनको योगफल खडा गर्यो । टिमका लागि बात्सल्याका मानव बिष्टले ६० रन, हिमाल पन्तले २३ रनको योगदान दिए ।

,orning glory badhai

होली फेमलीका सागर गिरीले २ , कप्तान मुकेश जोशी र भानुभक्त ऐरीले सामान १÷१ विकेट लिए । माध्यम लक्ष पछ्याएको आयोजक होली फेमली १७.५ ओभरको खेलको समाप्तिमा सबै विकेट गुमाउँदै ८३ रनमा प्याक भयो ।

हरीश बुढाले ३६ रन, निरज पन्तले २४ रन बनाए पनि जीतका लागी प्रयाप्त भएन । वालिङ तर्फ वात्सल्यका  धिरेन्द्र राज विष्टले ३.५ ओभर बलिङ गर्दै ३ विकेट लिए । उनले १६ रन मात्र खर्चेका थिए । हिमाल पन्त, अन्जित धामी, आयुष भट्टले सामान २÷२ विकेट लिए ।

dirghayi clinic

वात्सल्य का हिमाल पन्त प्रतियोगिताको वेस्ट बलर र प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । फाइनल खेलको प्लेयर अफ द म्याच भएका वात्सल्यका मानव बिष्ट नै वेस्ट व्याटर घोषित भए । उदयमान खेलाडीको उपाधि होली फेम्लिका निरज पन्तले पाए ।

समापन क्रायक्रममा विजेता टिमलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । त्यसै गरी उप विजेता टिमलाई पनि ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरेको छ ।

कार्यक्रम जिल्ला कञ्चनपुर क्रिकेट संघका अध्यक्ष विरेन्द्र बहादुर चन्दको सभापतित्व एबं जिल्ला खेलकूद विकास समिति अध्यक्ष ज्ञानेन्द्र(ज्ञानु) बहादुर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेब प्रसाद भट्ट विशिष्ठ अतिथि थिए । अतिथिमा वात्सल्य विद्या निकेतनका फाउन्डर लक्ष्मण सिंह दियाल, निर्माण व्यवसायी संघ कञ्चनपुरका सचिव ब्रिज किशोर, क्रिकेटर प्रदीप सिंह ऐरीका बुबा गगन सिंह ऐरी र होली फेमलिका सहायक प्रिन्सिपल हरिश सिंह ठगुन्ना रहेका थिए ।

कार्यक्रम कञ्चनपुर क्रिकेट संघका सचिव विशाल सनारले कार्यक्रमको सञ्चालन गरे । प्रतियोतामा जिल्लाभरिका १६ विद्यालय सहभागी भएका थिए ।

बात्सल्याले कञ्चनपुरको प्रतिनिधित्व गर्दै प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता खेल्नेछ । विजेता बाहेक अन्य टिमका ४ खेलाडी प्रदेशका लागि छनौट हुने क्रिकेट संघका अध्यक्ष चन्दले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...