ghar sansar

रास्वपा सुदूरपश्चिम अध्यक्षमा विष्ट निर्वाचित

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट विजयी भएका छन् । पार्टीको प्रथम प्रदेश अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा विष्टले ३५८ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनकसिंह धामीले १५४ मत प्राप्त गरेका छन् ।

dirghayi clinic

निर्वाचन परिणामअनुसार विष्टले धामीभन्दा २०४ मतको फराकिलो अन्तर कायम गर्दै नेतृत्व आफ्नो पक्षमा पारेका हुन् ।

,orning glory badhai

यसअघि पनि सुदूरपश्चिम प्रदेशको नेतृत्व सम्हालिसकेका विष्टले पुनः सभापतिमा निर्वाचित भएपछि पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीचको एकता मजबुत पार्ने तथा प्रदेशभर पार्टीको संगठन विस्तारलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।

रास्वपाको प्रदेश नेतृत्व चयनका लागि भएको निर्वाचनलाई पार्टीभित्र चासोका साथ हेरिएको थियो। सभापतिमा विष्ट निर्वाचित भएसँगै अब सुदूरपश्चिममा पार्टीको आगामी रणनीति र संगठन विस्तारका कार्यक्रमले गति लिने विश्वास गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...