

महेन्द्रनगर । आफ्नै श्रीमतिको शरिरमा तातो तेल खन्याएर फरार भीमदत्त नगरपालिका ८ तिलाचौरका एक जना पक्राउ परेका छन् । गत पुस १५ गते घरको भान्सामा स्थानीय अशोक भट्टले सेलरोटी पकाउने क्रममा श्रीमतिको अनुहार र शरिरमा तेल खन्याएका थिए ।

तातो तेल खन्याएपछि फरार ३४ वर्षिय भट्टलाई ६ महिनापछि पक्राउ गरिएको छ । तातो तेलले भट्टकी श्रीमतिको अनुहार सहित शरिरका भाग जल्नका साथै कुरुप बनेका छन् । भट्टलाई महेन्द्रनग बजारबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेक बहादुर रावतले जानकारी दिए ।

प्रहरी कार्यालयको हिरासतमा राखिएका भट्टमाथि तेजाब वा अन्य रसायनिक जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुन कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ । फरार भट्टको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको थियो ।

