ghar sansar

बैतडी पाटननका रहेछन् बाटोमा गोप्य अंग देखाउँदै हिँड्ने मान्छे

little buddha academy
khasi

महेन्द्रनगर । ललितपुरको इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग देखाउने व्यक्तिको घर बैतडी भएको खुलेको छ । पाटन नगरपालिका वडा नम्बर ७ घर भएका शिक्षा अधिकृत सुरेन्द्र भट्टले आइतवार बाटोमा हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग देखाएका थिए ।

घटना आइतबार साँझ करिब साढे ६ बजे भएको हो। पीडित युवतीले घटनापछि ती पुरुषको भिडियो खिचेर सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेकी थिइन्। भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक ध्यान तानेको थियो ।

,orning glory badhai
dirghayi clinic

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घटनामा संलग्न आरोपमा बैतडी घर भएका ५५ वर्षीय सुरेन्द्र भट्टलाई पक्राउ गरिएको हो ।

उनी हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलमा बस्दै आएका थिए । भट्ट सिंहदरवारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रुपमा कार्यरत रहेको खुलेको छ ।

प्रहरीका अनुसार गल्लीमा युवतीलाई एक्लै देखेपछि भट्टले कपडा खोलेर गोप्य अङ्ग प्रदर्शन गरेको आरोप छ। त्यसपछि युवतीले साहस जुटाउँदै स्मार्टफोनमार्फत भिडियो खिच्दै उनलाई पछ्याएकी थिइन् र पक्राउ गरिदिन आग्रह गरेकी थिइन् । भिडियोमा अर्का एक यात्रुले आरोपीलाई नियन्त्रणमा लिएको, पीडितले खुट्टा ढोग्न लगाएको र आरोपीले ‘सरी’ भनेको दृश्य समेत देखिन्छ ।

पीडितले दिएको निवेदनको आधारमा प्रहरी प्रभाग इमाडोलले अनुसन्धान सुरु गरेको हो । घटनासँग सम्बन्धित सिसिटिभी फुटेज सङ्कलन गरी थप अनुसन्धान भइरहेको प्रहरी ललितपुर प्रहरीले जनाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...