

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाका संस्थागत विद्यालय वर्गीकरण गरिएका छन् । नगरपालिकाले संस्थागत बिद्यालय वर्गीकरणका लागि विद्यालय वर्गीकरण समिति गठन गरिएको थियो ।
शुक्लाफाटा नगरपालिकाम २५ संस्थागत बिद्यालय छन् । वर्गीकरण समितिको सिफारिश अनुसार नगर शिक्षा समितिले बिधालय वर्गीकरण गर्ने निर्णय गरेको हो ।

शुक्लाफाँटा नगरपालिका नगर शिक्षा समितिका अध्यक्ष नगर प्रमुख रण बहादुर महराले संस्थागत विद्यालय व्यवस्थित रुपम सञ्चालनका लागि शिक्षा सम्बन्धि ऐन कानुन अनुसार वर्गीकरण गरिएको जानकारी दिए ।
‘ऐन कानुनमा व्यवस्था छ, निजी विद्यालय व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यकता थियो, त्यस अनुसार समिति बनाएर विद्यालय वर्गीकरण गरिएको छ’ उनले भने ।
वर्गीकरणपछि बिद्यालयले तोकिएको शुल्क बाहेक बढी शुल्क लिन पाउने छैन । विद्यालयले शिक्षा ऐन नियमावली अनुसार विद्यालयका भौतिक पूर्वाधार लगायतका संरचना बनाएर विद्यालय सञ्चालन गर्न पर्नेछ । वर्गीकरणपछि संस्थागत विद्यालयले तोकिएको बाहेक आफू खुसी शुल्क लिन पाउने छैन ।
शुक्लाफाँटाका शिक्षा शाखा प्रमुख टिकेन्द्र भट्टले बिधालयको तह, भौतिक अवस्था, बिद्यार्थी संख्या लगायतका आधारमा वर्गीकरण गरिएको बताए ।
शुक्लाफाटाका सबै संस्थागत विद्यालय ख, ग र घ बर्गमा वर्गीकरण गरिएका छ्न । सबैभन्दा बढी बिद्यालय घ र सवै भन्दा कम ख वर्गमा परेका छन् ।

शुक्लाफाँटा नगरपालिका कार्यालयले सार्वजनिक वर्गीकरण सूचि अनुसार तीन बिद्यालय ख बर्गमा परेका छ । नगरपालिकाका १८ विद्यालय ग बर्गमा राखिएका छन् ।
ग वर्गमा ४ विद्यालय छ्न । नगरपालिकाको वर्गीकरण सूचीमा एउटा विद्यालय पनि परेको छैन ।
वेष्ट पोइन्ट बोर्डिङ्ग स्कुल, खप्तड इङ्गलिश बोर्डिङ्ग स्कुल र अनुरुद्र सेकेन्ड्री स्कुल ख बर्गमा वर्गीकरण गरिएका छ । शुक्लाफाँटा १० झलारीस्थि वेस्ट प्वाइन्टका संचालक प्याब्सन पूर्व केन्द्रिय सदस्य बसन्त राज पाण्डेय हुन् ।
यसैगरी एन प्याब्सन पूर्व केन्द्रिय सदस्य डिडी अवस्थी शुक्लाफाँटा ५ वन समितिको अनिरुद्र स्कुलका सञ्चालक हुन् ।
नगरपालिकाले सार्सार्वजनिक सूचि अनुसार ग बर्गमा चार स्कुल परेका छ्न । चन्द्र सूर्य बाल विद्यालय, किड्स इन्टरनेशनल स्कुल, अमृता बाल विद्यालय र बिणेश्वर इङ्गलिश बोर्डिङ्ग स्कुल ग बर्गमा राखिएका छन् ।
नगरपालिका कार्यालयले वर्गीकरण निर्णयमा चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न सूचना जारी गरेको छ ।
भीमदत्त नगरपालिकाले गत वर्ष संस्थागत विद्यालय वर्गीकरण गरेको थियो ।


