

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित मर्निङ्ग ग्लोरीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई आइतबार स्वागत गरेको छ ।
विद्यालयका प्लस टु संयोजक शंकर बोगटीको अध्यक्षता र व्यवस्थापन समिति अध्यक्ष केशब बहादुर चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम गरी विद्यार्थीलाई स्वागत गरिएको छ ।

कार्यक्रममा नव आगन्तुक अढाई सय विद्यार्थीलाई स्वागत गरिएको विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले बताए ।


विद्यार्थीहरुलाई टिका र खादा लगाएर स्वागत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि चन्द, प्लस टु सांयोजक बोगटी, प्रिन्सिपल शर्मा लगायतले उनीहरुलाई स्वागत गरे ।
कक्षा ११ र १२ का चार सय विद्यार्थी कार्यक्रममा सहभागी भए । कार्यक्रमका प्रमुख अतिथि चन्दले विद्यालयको चौतर्फी विकासका लागि व्यवस्थापन समितिले थप योजना बनाई कार्यान्वयन गर्ने र नयाँ टिमले विद्यालयलाई थप उचाई पु¥याउने विश्वास व्यक्त गरे ।

विद्यालयका प्रिन्सिपल शर्माले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै आगामी बर्ष शैक्षिक गुणस्तर वृद्धि गर्ने र विद्याथीको बहुप्रतिभा प्रस्फुटन गर्न योजना बनाई थप कार्यक्रम गरिने जानकारी दिए ।


