ghar sansar

बेलौरीमा चार विद्यालय मर्ज, चार डाउन साइज

little buddha academy
khasi

महेन्द्रनगर । बेलौरी नगरपालिकाले विद्यालय समायोजन तथा दरबन्दी व्यवस्थापन अन्तर्गत चार वटा आधारभूत विद्यालयलाई अन्य विद्यालयमा समायोजन गर्ने र थप चार विद्यालयको पठनपाठन कक्षा १–५ बाट घटाएर कक्षा १–३ सम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

dirghayi clinic

नगर कार्यपालिकाको यही असार २८ गतेको बैठकले गरेको निर्णयअनुसार शिक्षा, युवा तथा खेलकुद शाखाले मंगलबार सूचना जारी गर्दै निर्णय अनुसार जनप्रियआधारभूत विद्यालयलाई लक्ष्मी माध्यमिक विद्यालय जबदिया,वी.पी. स्मृति आधारभूत विद्यालयलाई जन सेवा आधारभूत विद्यालय टेडुवा गौरीशंकर आधारभूत विद्यालयलाई सरस्वती माध्यमिक विद्यालय बुटाबारी र अग्रासन आधारभूत विद्यालयलाई शान्ति माध्यमिक विद्यालय शान्तिपुरमा समायोजन गरिएको छ ।

,orning glory badhai

त्यसैगरी शक्ति, शुक्लाफाँटा, कृष्णप्रसाद र सरस्वती आधारभूत विद्यालयमा कक्षा ५ सम्म संचालन भएकोलाई अब कक्षा १ देखि ३ सम्म मात्र पठनपाठन सञ्चालन हुनेछ ।

नगरपालिकाले विद्यार्थी सङ्ख्या, शैक्षिक पहुँच, उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग तथा शिक्षाको गुणस्तर सुधारलाई ध्यानमा राख्दै विद्यालय समायोजन र डाउनसाइजिङको निर्णय गरिएको बेलौरी नगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत अमित प्रसाद भट्टले बताए ।

Himal dental
सम्बन्धित
Loading...